Like us!
Follow us!
Connect us!
Watch us!

भदौं १० गतेदेखि जनउत्थानको अवितरित हकप्रद लिलाम बिक्रीमा

अर्थ संसार

बुधबार, ०४ भदौ २०७६, ०९ : ०३ मा प्रकाशित

भदौं १० गतेदेखि जनउत्थानको अवितरित हकप्रद लिलाम बिक्रीमा

अर्थ संसार, काठमाडौं- जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १८ हजार ५ सय ३ कित्ता सर्वसाधारण शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

कम्पनीले असार १२ गतेदेखि साउन १५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर बिक्री गर्न लागेको हो ।

सो सेयर खरिदका लागि भदौ १० गतेदेखि १७ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी रकम अंकित गरी पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सो सेयरमा सिद्धार्थ क्यापिटल, जनउत्थान समुदायिक लघुवित्त र सिद्र्धार्थ बैंकका विराटनगर, बिर्तामोड, जनकपुर, हेटौँडा,नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी तथा महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको