Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरन्सको १ : २.४ हकप्रद मंगलबारदेखि निष्कासन खुल

अर्थ संसार

बुधबार, ०४ भदौ २०७६, ०८ : ४४ मा प्रकाशित

युनाइटेड इन्स्योरन्सको १ : २.४ हकप्रद मंगलबारदेखि निष्कासन खुल

अर्थ संसार, काठमाडौं युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ३ भदौदेखि १ बराबर २ दशमलव ४ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

सो हकप्रद शेयरमा साउन १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द असोज ६ गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

सेयरधनीले एनएमबि क्यापिटल, एनएमबि बैंक, गुडविल फाइनान्स र सेन्ट्रल फाइनान्सका विभिन्न शाखा कार्यालयहरू र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रहेको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको