Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको प्रथम साधारणसभा सम्पन्न : ३० लाख कित्ता IPO निश्कासनको प्रस्ताव पारित

अर्थ संसार

बुधबार, २९ साउन २०७६, २० : २८ मा प्रकाशित

जनरल इन्स्योरेन्सको प्रथम साधारणसभा सम्पन्न :  ३० लाख कित्ता  IPO निश्कासनको प्रस्ताव पारित

अर्थ संसार, काठमाडौं- जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रथम बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको प्रमुख अतिथी सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा यस कम्पनीका संस्थापक अध्यक्ष माननीय  झपट बहादुर बोहराबाट पानसमा बत्ती बाली सभाको उद्घाटन गर्नु भएको थियो ।

बीमा बजारको प्रतिस्पर्धात्मक स्थिति तथा विभिन्न चुनौतीहरुको बाबजुद पनि यस कम्पनीले आ.ब. २०७४/०७५ को करिब २४ कार्यदिनमा कम्पनीले १९३ बीमालेख  जारी गरि रु. ३१,६९,८९१/४० बीमाशुल्क संकलन गर्न सफल भएका छौं । सो अनुरुप आ.व. २०७५/०७६ मा कम्पनीले जम्मा ३१,२१७ बीमालेख जारी गरि रु. ३३,२४६१,४१२३/– बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

आ.व. २०७५/०७६ मा जम्मा दाबी संख्या ७३८ परेको मध्ये जम्मा दाबी संख्या ५०८ को रकम रु. ४३,७५,०००/– भुक्तान गरि सकिएको छ । कम्पनीको बार्षिक साधारण सभाको निर्णय बमोजिम कम्पनीको जारी पुँजी अन्तर्गत सर्वसाधारण समुहका लागि छुट्याइएको ३०% दरले हुने जम्मा ३०,००,००,०००/– (तीस करोड) को शेयर संख्या ३०,००,००० कित्ता शेयर आईपिओ सर्वसाधारण समक्ष निष्कासन गरिने लगायतको प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

प्रथम सर्वसाधारणसभाले निर्वाचित संचालकहरुको नाम अनुमोदन गरेको छ । जसमा संचालकमा कुनाल कयाल, लक्ष्मी प्रसाद श्रेष्ठ, कृष्ण बोहरा र दिपेन्द्र अग्रवाल रहनु भएको छ ।

कम्पनीद्धारा हाल सम्पत्ति, सामुन्द्रिक, मोटर, इन्जिनियरिङ्ग, स्वास्थ्य, कृषि, पशुपंछी तथा विविध बीमाको सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल कम्पनीद्धारा केन्द्र्रिय कार्यालय र ३८ वटा शाखा तथा १० वटा उपशाखा कार्यालयहरुबाट जम्मा १६२ कर्मचारीहरुद्धारा सेवा प्रदान गर्दै आईरहेको छ ।

5d54f7e660157.jpg 5d54f7f0a6972.jpg 5d54f7f653c77.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको