Like us!
Follow us!
Connect us!
Watch us!

नदीले बगाउँदा एक विद्यार्थी बेपत्ता

रबिन दङगाल

विहीबार, १६ साउन २०७६, १२ : ३२ मा प्रकाशित

नदीले बगाउँदा एक विद्यार्थी बेपत्ता

अर्थ संसार, मेलम्ची- सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् । आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन् । 

उनको खोजी कार्य भइरहेको छ । प्रहरी चौकी लामोसाँघुबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीयवासीले खोजी गरिरहेका छन् । बल खेल्ने क्रममा खेलिरहेको बल खोलामा पुगेपछि उनी बल निकाल्नका लागि खोलामा पसेका थिए ।  “खेलिरहेको बल खोलामा पुगेपछि झिक्नका लागि गएक रहेछन्”, शिक्षक हरेराम नेपालले भने । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको