Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा कम्पनीको नाफामा २४.७८ प्रतिशतले धक्का,कस्ता छन् अन्य सूचकहरु ?

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १० : ५१ मा प्रकाशित

राष्ट्रिय बीमा कम्पनीको नाफामा २४.७८ प्रतिशतले धक्का,कस्ता छन् अन्य सूचकहरु ?

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ  ।

खुद नाफा 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्रिय बीमा कम्पनीले ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २४.७८ प्रतिशत कम हो । गत वर्षको यसैअवधिमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

चुक्ता पुँजी

तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रहेको छ ।
 
रिटेन्ड अर्निङ
सोही अवधीसम्म कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ । यसको बिमा कोषमा १ अर्ब ११ करोड रकम छ । 

बिमा शुल्क
बिमा शुल्क संकलन पनि ६३.२० प्रतिशतले घटेर १० करोड १६ लाख रुपैयाँमा झरेको छ । 

प्रतिसेयर आम्दानी 
तेस्रो त्रैमाससम्मआइपुग्दा यो कम्पनीको प्रतिसेयर आम्दानी १९३.६५ रुपैयाँ पुगेको छ  । 

प्रतिसेयर नेटवर्थ 
कम्पनीको प्रतिसेयर नेटवर्थ १६११.२९ रुपैयाँ पुगेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको