Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

रबिन दङगाल

सोमबार, १३ साउन २०७६, १५ : ३० मा प्रकाशित

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

अर्थ संसार, काठमाडौँ- नेपाल प्रहरी केन्द्रीय अनुुुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ गरी जेल चलान गरेको छ । 

ब्यूरोको टोलीले उच्च अदालत पाटनको विसं २०७५ पुसको फैसलाअनुसार रु १० लाख ९४ हजार ५०० जरिवाना ठहर गरेका पाँचथरका ४३ वर्षीय पृथ्वीराज चेमजोङलाई आइतबार गोंगबुबाट पक्राउ गरेको हो । 

ब्यूरोका प्रमुख, प्रहरी नायब उपरीक्षक नीरजबहादुर शाहीले मञ्जु श्रेष्ठको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दामा फरार चेमजोङलाई पक्राउ गरिएको जानकारी दिए। “चेमजोङले आर्थिक व्यवहार मिलाउने भनी श्रेष्ठसँग रु १० लाख ९४ हजार ५०० ऋण सापटी लिएको र रकम भुक्तान गर्न नसकेपछि पैसा नभएको चेक दिएपछि उक्त खाली चेकका आधारमा चेमजोङलाई पक्राउ गरेका हौँ”, उनले भने । 

पक्राउ चेमजोङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरेकामा अदालतको आदेशअनुसार आज कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएको ब्यूरोले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको