Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसी अन्तर्गतको नयाँ बुटवल सबस्टेसन निर्माणका लागि सम्झौता

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १८ : ५८ मा प्रकाशित

एमसीसी अन्तर्गतको नयाँ बुटवल सबस्टेसन निर्माणका लागि सम्झौता

मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतको  नयाँ बुटवल सबस्टेसन निर्माणका लागि एमसीए-नेपालले निर्माणकर्ता कम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, अमेरिकी राजदूत डि आर थम्पसनलगायतको उपस्थितिमा लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोह आयोजना भएको थियो । कार्यक्रममा स्थानीय प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, एमसीसी - नेपाल बोर्डका सदस्यहरु, एमसीसी र एमसीए–नेपाल टोलीका सदस्य पनि सहभागी भएका थिए ।

सबस्टेशन निर्माणका लागि एमसीए–नेपाल र लिंकसन इन्डिया प्रालिबीच सम्झौता भएको हो । सम्झौता अनुसार अबको ३९ महिनामा सबस्टेसन निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । एमसीए नेपालले नुवाकोटको रातमाटेमा र तनहुँको दमौलीमा पनि सबस्टेसन निर्माण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको