Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सुरक्षा भत्ता तीन अर्ब अपुग

बुधबार, २६ माघ २०७३, १२ : १३ मा प्रकाशित

सामाजिक सुरक्षा भत्ता तीन अर्ब अपुग

काठमाडौं-यो वर्षदेखि लाभग्राहीले नाम दर्ता गरेको दोस्रो चौमासिकदेखि नै भत्ता पाउने व्यवस्था गरेका कारण भत्ता रकम अपुग

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि छुट्याएको रकममा ३ अर्ब १६ करोड ४६ लाख रुपैयाँ अपुग हुने भएको छ । चालू आर्थिक वर्ष ०७३(७४ को विनियोजित बजेटमा कुल ३२ अर्ब ५९ करोड ९९ लाख रुपैयाँ सामाजिक सुरक्षा कार्यक्रमका लागि छुट्याइएको छ । तर, केन्द्रीय पञ्जीकरण विभागको तथ्यांकअनुसार कार्यक्रमअन्तर्गत ३५ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ आवश्यक पर्नेछ ।

‘अपुग रकम अर्थ मन्त्रालयसँग माग गरिएको छ,’ विभागका महानिर्देशक अनिलकुमार ठाकुरले भने । चालू आर्थिक वर्षका लागि स्वीकृत बजेटमध्ये विभागले अहिलेसम्म ३१ अर्ब ४८ लाख ९८ हजार स्थानीय तहमा अख्तियारी पठाइसकेको छ । त्यस्तै, १ अर्ब २१ करोड १ लाख रुपैयाँ भने अख्तियारी पठाउन बाँकी छ ।

किन अपुग भयो ?
सरकारले अघिल्ला वर्षमा लाभग्राहीले नाम दर्ता गरेको वर्ष भत्ता दिने व्यवस्था थिएन । नाम दर्ता गरेको दोस्रो वर्षदेखि मात्र भत्ता दिने गरिएको थियो ।

‘चालू आवदेखि नाम दर्ता भएको दोस्रो चौमासिकदेखि नै भत्ता दिन सुरु गरिएकाले विनियोजित रकम अपुग भएको हो,’ राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक ठाकुरले भने ।

विगत वर्षमा मंसिर ०७० मा नाम दर्ता गरेका लाभग्राहीलाई साउन ०७१ देखि मात्र भत्ता दिने गरिएको थियो । चालू आर्थिक वर्षदेखि भने कुनै लाभग्राहीले १ मंसिरमा नाम दर्ता गरेमा चैतदेखि भत्ता प्राप्त गर्न सक्ने भयो ।

यसकारण लाभग्राहीको दर्ता वृद्धि भएसँगै भत्ता रकममा पनि वृद्धि भयो । यसकै कारण आवको सुरुमा विनियोजित रकम अपुग भएको हो ।

लाभग्राहीको संख्या २३ लाख नाघ्यो
केन्द्रीय पञ्जीकरण विभागले अहिलेसम्म देशभरबाट संकलन गरेको तथ्यांकअनुसार कुल लाभग्राहीको संख्या २३ लाख ४५ हजार २ सय ४४ पुगेको छ । त्यसमध्ये गाउँ विकास समिति ९गाउँ० क्षेत्रमा १५ लाख ६५ हजार ६ सय ६९ छन् । यस्तै, नगरपालिका ९सहर० क्षेत्रमा ७ लाख ७९ हजार ५ सय ७५ जना छन् ।

जीवन बस्नेत/नयाँ पत्रिका

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको