Like us!
Follow us!
Connect us!
Watch us!

तपाईलाई आँधिखोलाको आइपीओ पर्यो कि परेन ? यहाँबाट रिजल्ट हेर्नुहोस्

अर्थ संसार

सोमबार, ३० असार २०७६, १३ : ३० मा प्रकाशित

तपाईलाई आँधिखोलाको आइपीओ पर्यो कि परेन ? यहाँबाट रिजल्ट हेर्नुहोस्

अर्थ संसार, काठमाडौं- आँधिखोला लघुवित्त वित्तीय संस्थाले निश्कासन गरेको साधारण शेयर (आइपीओ) सोमबार बाँडफाँड भएको छ ।

अर्थ संसार डट कमको होम पेजको क्विक लिंक मेनुमा गएर आइपीओ रिजल्ट (यहाँ क्लिक गर्नुहोस्) क्लिक गरी हेर्न सकिनेछ । 
 
आइपीओमा  दिएका ३ लाख ४१३ जना आवेदकमध्ये ३७ हजार ५०० जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर दिइएको हो । आइपीओमा ५७९ जना लगानीकर्ताको आवेदन रद्द भएको छ ।
 
आँधिखोलाले असार २२ देखि २५ गतेसम्म कुल ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको