Like us!
Follow us!
Connect us!
Watch us!

सोमालिया होटल आक्रमण, २६ को मृत्यु

मिलन खड्का

शनिबार, २८ असार २०७६, १६ : ४४ मा प्रकाशित

सोमालिया होटल आक्रमण, २६ को मृत्यु

अर्थ संसार,मोगादिसु- सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । 

मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घटनामा परी अरु ५६ जना घाइते भएका छन् । 

देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित तथा लोकप्रिय होटलमा भएको  यो आक्रमणको अल सबाबका लडाकूहरुले गरेको दाबी गरिएको छ ।

मृत्यु भएका मध्ये तीन केन्याली, एक  क्यानाडाली, एक बेलायती, दुई  अमेरिकी र तीन  तान्जानीयाली नागरिक  रहेका अधिकारीहरुले जनाएका छन् ।
  
घटनामा परी दुई जना पत्रकारको पनि मृत्यु भएको पत्रकार सम्वन्धी संगठनले पुष्टि गरेको छ । त्यसैगरी घाइते भएका मध्ये दुई जना चिनियाँ नागरिक रहेका क्षेत्रीय अध्यक्ष अहमद मोहमद इस्लामले पत्रकारहरुलाई जानकारी दिनुभयो । 

आक्रमणमा चार जना संलग्न भएको अधिकारीहरुले बताएका छन् । विस्फोटन धेरै ठूलो भएको प्रत्यक्षदर्शीको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको