Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ८६ प्रतिशत बोनश शेयर पारित

कमला भुसाल

शुक्रबार, १३ असार २०७६, १४ : ०७ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ८६ प्रतिशत बोनश शेयर पारित

अर्थ संसार, काठमाडौं- सगरमाथा इन्स्योरेन्सको २२ औं वार्षिक साधारण सभा आज अम्रपाली बैंङ्क्वेट भाटभटेनीमा सम्पन्न भएको छ। 

कम्पनीले सभाबाट आफ्ना शेयरधनीलाई ८६ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गरेको छ । तर, बोनश शेयरमा लाग्ने कर भने शेयरधनी आफ़ैले व्यहोर्नु पर्नेछ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले २०७४ /७५ मा  ३०.४४ प्रतिशतले व्यवसायमा बृद्धि गरी १ अर्ब ८३ करोड ७९ लाख ४४ हजार रुपैयाँ प्रिमियम आर्जन गरी ३३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ । 

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ८२ लाख ९१ हजार ९ सय रहेकोमा ८६ प्रतिशत बोनश पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ लाख २२ हजार रुपैयाँ हुनेछ ।

हालसम्म इन्स्योरेन्स कम्पनीले ५७ वटा शाखा तथा उपशाखा कार्यलयहरुबाट बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा शाखा संख्या ८५ पुर्याउने योजना रहेको समेत कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको