Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीको निगरानीमा काठमाडौँ उपत्यका

रबिन दङगाल

मंगलबार, १० असार २०७६, १३ : ५५ मा प्रकाशित

प्रहरीको निगरानीमा काठमाडौँ  उपत्यका

अर्थ संसार, काठमाडौँ- काठमाडौँ उपत्यकामा ५२९ वटा सीसीटीभी क्यामरा छन । सोही  क्यामराको  सहयोगमा नेपाल प्रहरीले सुरक्षानिगरानी गर्ने गरेका  छन ।सुरक्षाको दृष्टिकोणले संवेदनशील स्थानहरुमा सीसीटीभीको प्रयोग प्रभावकारी बनेको प्रहरीको भनाई छ।  

सीसीटीभीले नेपाल प्रहरीको कामपनि सजिलो भएको छ। उपत्यकालाई पूर्ण रूपमा सीसी क्यामराको निगरानीमा राख्न झन्डै २०-२२ हजारवटा क्यामेरा आवश्यक भएको बताइएको छ। तत्कालको लागी १ महिनासम्म भिडिओ सुरक्षित राख्दै आएको प्रहरीले जनाए र आउदो दिनमा ३ महिनासम्म भिडिओ सुरक्षित राख्ने  प्रहरीले बताए ।

अपराध नियन्त्रण र प्रमाण सङ्कलनका लागि पनि सीसीटीभीको प्रयोग हुने गर्छ। तर केही ठाउँको क्यामरा पुराना तथा विद्युत् आपूर्ति तथा प्रकाशको अभावमा उपयोगविहीन बनेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको