Like us!
Follow us!
Connect us!
Watch us!

२ लाख १७ हजार सब्स्क्राइबर भएको ‘डश म्युजिक नेपाल’को यु-ट्युब च्यानल ३५ दिनपछि ह्याकरको पन्जाबाट मुक्त, यसरी गरियो..

मिलन खड्का

शुक्रबार, ०६ असार २०७६, ११ : ०२ मा प्रकाशित

२ लाख १७ हजार सब्स्क्राइबर भएको ‘डश म्युजिक नेपाल’को यु-ट्युब च्यानल ३५ दिनपछि ह्याकरको पन्जाबाट मुक्त, यसरी गरियो..

अर्थ संसार, काठमाडौं–तपाईंको २ लाख १७ हजार सब्स्क्राइबर भएको यु-ट्युब च्यानल कसैले अचानक ह्याक गरिदियो भन्दा कस्तो पिडा हुन्छ होला? यस्तै पिडामा ३५ दिन देखि थिए गीतकार डी. पी. खनाल ,गायक/सङ्गीतकार शंकर थापा ‘स्माइल’ र संगीत संयोजक उदयराज पौडेल । उहाहरुको संयुक्त स्वामित्वमा सञ्चालित म्युजिक कम्पनी ‘डश म्युजिक’ को आधिकारिक युट्युब च्यानल ‘डश म्युजिक नेपाल’ एकाएक ह्याक भएको थियो  भने ह्याकरले जीमेलको पासवर्ड र च्यानलको नाम नै परिवर्तन गरेपछि संचालक त्रय अझ स्तब्ध भएका थिए l

३५ दिन देखि हराएको अनुहारमा आज मुस्कान फर्केको छ किनभने ‘डश म्युजिक’को आधिकारिक युट्युब च्यानल ‘डश म्युजिक नेपाल’ लाई ३५ दिनपछि ह्याकरको पन्जाबाट मुक्त भएको छ । 

च्यानल ह्याक भएपछि ‘क्रिमिनल इन्भेष्टिगेशन ब्रान्च’ { CIB } मा उजुरी दिएर पटक पटक अनुरोध गर्दापनि कुनै प्रगति नभएपछी आफूहरु युवा सङ्गीतकर्मी तथा आईटी विज्ञ राजु दंगालकोमा पुगेको र उनै राजुले यु-ट्युबसंग सिधा सम्पर्क गरी लामो समयको मेहेनत पश्चात च्याललाई पूर्व अवस्थामा जस्ताको तस्तै फर्काएको कुरा आफ्नो फेसबुक स्टाटसमा गीतकार खनाल र गायक/सङ्गीतकार थापाले उल्लेख गरेका छन् l 

उनीहरु दुबैले आफ्नो च्यानललाई सही सलामत आफ्नो स्वामित्वमा ल्याईदिने राजु दंगालप्रति आभार व्यक्त गर्दै सो कार्यको ऊच्च मूल्याङ्कन गरी सम्मान गर्ने घोषणा समेत गरेका छन् भने यदि कसैलाई यस्तो समस्या परेमा उनलाई भेट्न पनि सल्लाह दिएका छन् l च्यानल कस्ले ह्याक  गरेको हो, विदेशबाट गरेको हो कि या कोही नजिकको मान्छेले जीमेलको पासवर्ड चोरी गरी धोकापूर्ण तरिकाले कब्जा गरेको हो भन्ने कुरा चाहिं यकिन भएको छैन l

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको