Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र १७ कामदार थुनिए

मिलन खड्का

शुक्रबार, ०६ असार २०७६, ०७ : १५ मा प्रकाशित

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र १७ कामदार थुनिए

फाइल फोटो

अर्थ संसार,रसुवा-उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका हुन् ।

कामको सिलसिलामा सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नागरिक भएको र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटिरहेको प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो । सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटनास्थल रहेको र सुरुङभित्रका कामदार सुरक्षित रहेको आयोजना प्रमुख छवि गैरेले जानकारी दिनुभयो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा उद्धार कार्य तीव्ररुपमा भइरहेको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको