Like us!
Follow us!
Connect us!
Watch us!

फेरी राष्ट्रपति बन्ने ट्रम्पको दाउ ,औपचारिक रूपमा प्रचार अभियान शुरु

मिलन खड्का

विहीबार, ०५ असार २०७६, ०८ : २७ मा प्रकाशित

फेरी राष्ट्रपति बन्ने ट्रम्पको दाउ ,औपचारिक रूपमा प्रचार अभियान शुरु

अर्थ संसार, वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गर्नुभएको छ । 

आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उहाँले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गर्नुभएको हो ।

ओल्र्याण्डोमा आयोजित रर्यालीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मैले अमेरिकाको राष्ट्रपतिमा अर्को एक पटक निर्वाचित हुनका लागि आजदेखि औपचारिक रुपमा प्रचार अभियान शुरु गरेको छु ।”

सम्बोधनका क्रममा उहाँले फ्लोरिडा राज्य आफ्नो “दोस्रो घर” भएको बताउँदै समर्थकहरूलाई अर्को चार वर्षका लागि “एक ढिक्का रहन” आग्रह पनि गर्नुभयो । 

बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै उहाँले आफू सधैँ अमेरिकी जनतालाई प्राथमिकता दिने पक्षमा रहेको बताउनुभयो । 

थप चार वर्षको कार्यकालका लागि राष्ट्रपति बन्न खोज्नु भएका ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरुको चर्को आलोचना गर्नुभयो । 

प्रारम्भिक मत सर्वेक्षणले डेमोक्र्याटिक तर्फका सम्भावित उम्मेदवारभन्दा उहाँ पछाडि रहेको देखाएकाले ट्रम्प उनीहरुप्रति थप आक्रोशित भएको बताइएको छ । 

सन् २०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति बन्नु भएको थियो । अहिले शुरु भएको चुनावी रर्यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी हुनुभएको थियो ।रासस/सिन्ह्वा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको