Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुर–मातातीर्थ प्रसारण लाइन नबन्दा भारतको विजुली काठमाडौंमा पुर्याउन गाह्रो

सोमबार, १७ माघ २०७३, ११ : २२ मा प्रकाशित

भक्तपुर–मातातीर्थ प्रसारण लाइन नबन्दा भारतको विजुली काठमाडौंमा पुर्याउन गाह्रो

अर्थ संसार
काठमाडौँ–खिम्ति–ढल्केबर प्रसारण लाइन बनेपछि काठमाडौंमा भारतको विजुली आउन थालेको छ । तर भक्तपुरदेखि चापागाउँहुँदै मातातीर्थ जोड्ने १ सय ३२ केभी ट्रान्समिसन नबन्दा यसले काठमाडौंको विद्युतको दीर्घकालीन समाधान गर्न भने समस्या छ ।

भक्तपुर–मातातीर्थ प्रसारण लाइन एसियाली बिकास बैंकको क्रण सहयोगमा सन् २००५ देखि बन्न थालेको हो । उक्त प्रसारण लाइन अझै पूरा भएको छैन । काठमाडौंको विद्युत प्रणालीको मुटु भनेको मातातीर्थ सव स्टेसन हो । मातातिर्थ सव स्टेसनमा विजुली आएपछि त्यहाँबाटसर्बत्र जान्छ ।  

त्यस्तै खिम्ती–ढलकेबर ट्रान्समिसन लाइनमा बहने सबै विजुली काठमाडौं ल्याउन पनि समस्या हुन्छ । यो लाइन २ सय २० केभि हो । खिम्तिबाट काठमाडौँ आउने लाइन १ सय ३२ केभी मात्र हो । त्यहाँबाट बत्ति लामोसाघु आइसकेपछि प्रसारणलाईन अझ साँघुरो हुन्छ । लामोसाघु आइसकेपछि भोटेकोशी, सुन्दरीजल, चाकुखोलालगायतका आयोजनको विजुली यहीँ जोडिन्छ । 

लामोसाँघुहुँदै काठमाडौँमा बढी भएको बिजुली ढल्केबर पठाउन सकिन्छ । ढल्केबरबाट आउने बिजुली भने काठमाडौँ ल्याउन सकिँदैन । केही मात्रामा बिजुली भक्तपुरसम्म ल्याउन सएि पनि त्यहाँबाट अन्यत्र पठाउन भने समस्या छ । हरिसिद्घि लाइन तयार नभएसम्म नेपालको बिजुलीको जालो एकआपसमा मिल्न सक्दैन । 

यस्तै समस्या महाकाली ट्रान्समिसन लाईनमा समेत छ । धनगडीको अतरियाबाट दार्चुलाको भलाद जाने लाइन कोरियाली सरकारको सहायतामा बन्दै गरेको छ । यस लाइनमा समेत चार्ज हुन सकेको छैन । यो लाइन चार्ज भयो भने महाकाली अञ्चलमा बिजुलीकोसंचार हुन्छ । छिटोढिलो सरकारले चमेलिया स्टेसन बनाउँदै छ । त्यो बनेकै दिनदेखि विद्युत प्रसारण गर्न समस्या हुन्छ । 

सरकारले छिट्टै देशभरी लोडसेडिङ अन्त्य गर्ने घोषणा गरिसकेको छ । बिराटनगर, भद्रपुर, धरान, इलाम, इटरीलगायतका सहरमा लोडसेडिङको अन्त्य गराउन मेची ट्रान्समिसन लाईनको निर्माण गर्न आवश्यक छ । त्यहाँ २/४ वटा टावर बनाउन जग्गा प्राप्ति गर्नमात्रै बाँकी छ । सन् २०१७ को अप्रिल १० सम्म सरकारले निर्माण गरिसक्ने लक्ष्य लिएको ट्रान्समिसन लाइन समयमै सम्पन्न नहुने लक्षण देखिँदै छ । 

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ ट्रान्समिसन लाइनको अभावनमा विद्युत प्रसारण नहुने अबस्था अन्त्य गर्न आफू लागि परेको बताउँछन् । उनले ढल्केबर–खिम्ती हुँदै ल्याएको बिजुली चपली स्टेशनमा जोडेर काठमाडौंमा प्रसारण गरिएको बताए । 

ढल्केबर खिम्ती प्रसारण लाइनबाट हिउँदमा मात्र केही विजुली ल्याउनु पर्ने भएकाले खासै समस्या नहुुने उनको दावी छ । ‘बर्षामा यस क्षेत्रमा उत्पादित बिजुली ढल्केबर पठाउने हो,’ उनले भने, ‘हिउँदमा थोरै बिजुली त्यस लाइनबाट काठमाडौं ल्याइने भएकाले समस्या हुँदैन ।

उनले भक्तपुर चापागाउँ हुँदै मातातीर्थ जोड्ने प्रसारण लाइन पनि निर्माण सम्पन्न भएको दावी गरे ।उनले महाकली र मेची प्रसारण लाइनको काम तीब्र रुपमा भइरहेको बताउँदै समयमा काम सकिनेमा आफू आशावादी रहेको बताए ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको