Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल किन्नेलाइए उपहारै उपहार

आइतबार, १६ असोज २०७३, १४ : २५ मा प्रकाशित

ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल किन्नेलाइए उपहारै उपहार


अर्थ संसार
ललितपुर–लगनखेलको ललितपुर मलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले  दशैं तथा तिहारको अवसर पारेर मोबाइल खरिदमा विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले घटस्थापनाको दिनदेखि एक सातासम्म लागू हुने गरि मोबाइल खरिदमा उपहार योजना ल्याएको हो ।
योजनाअन्तर्गत हरेक मोबाइलको खरिदमा न्यूनतम ७ देखि ७० प्रतिशतसम्मको छुट ग्राहकले प्राप्त गर्नेछन् ।

योजना अवधिमा प्रिमियम मोबाइल सेट खरिद गर्ने ग्राहकले हरेक मोबाइलको खरिदमा अर्को मोबाइल सेट प्राप्त गर्नेछन् । अफरअन्तर्गत ह्वावे मेट ८, ह्वावे पी नाइन, सामसंग ग्यालेक्सी एस सेभेन र एस सेभेन एज, ग्यालेक्सी एस सिक्स तथा सिक्स एज, जियोनीको एस सिक्स एसको खरिदमा अर्को फिचर फोन निशुल्क प्राप्त गर्नेछन् । 

कम्प्लेक्सले हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर दिने जनाएको छ । मोबाइल कम्प्लेक्समा न्यूनतम  ९ सय रुपैयाँदेखि १ लाख ४० हजारसम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध छन् । 

कम्प्लेक्सको यो अफरसँग विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका विभिन्न अफरहरु पनि साथमा लागू हुने जनाएको छ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कार, क्यासब्याक, विभिन्न देशको टूरलगायत छन् । 

अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि उत्सवको अवसरलाई आकर्षक बनाउन योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । ‘हामीले गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र बिक्री गर्ने हुँदा ग्रे मार्केटलाई निरुत्साहित गर्न अफर ल्याएका हौं,’ उनले भने, ‘सबै मोबाइल खरिदकर्ताहरुलाई आकर्षक उपहारसहित खुशी बनाउन चाहन्छौं ।’

ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् । योजना दशैंको महाअष्टमीसम्म लागू हुने जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको