Like us!
Follow us!
Connect us!
Watch us!

संचित नोक्सानमा रहेका संस्थानका कर्मचारीले बोनस खान नपाउने

शुक्रबार, १४ माघ २०७३, १७ : २१ मा प्रकाशित

संचित नोक्सानमा रहेका संस्थानका कर्मचारीले बोनस खान नपाउने

अर्थ संसार

काठमाडौं– अब घाटामा गएका सरकारी संस्थानका कर्मचारीले नाफा कमाएको बर्षमात्रै बोनस खान नपाउने भएका छन् । सरकारले बोनस ऐन संशोधन गरेर संचित घाटामा रहेका संस्थानका कर्मचारीले बोनस खान नपाउने ब्यवस्था गरेको हो । 

अर्थ मन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदमा प्रस्तुत गरको बोनस ऐन पाचौँ संशोधन विधेयक, २०७३ शुक्रबार बहुमतले पारित भएको छ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि उक्त ऐन कार्यान्वयनमा आउने छ । 

उक्त ऐन संसोधन हुनअघि नाफा कमाएको कम्पनीले बोनस बाँड्न सक्ने व्यवस्था थियो। यसै प्रावधानलाई टेकेर नेपाल आयल निगमलगायतका सरकारी संस्थानका कर्मचारीले बोसन बाँड्द दवाव दिँदै आएका थिए ।  

संसोधन विधेक माथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले घाटामा जाने कम्पनीले लाभान्स वितरण गर्ने  विकृति रोक्न बोनस ऐनमा संसोधन प्रस्ताव ल्याएको जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको