Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

बुधबार, १२ माघ २०७३, १४ : २९ मा प्रकाशित

लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

अर्थसंसार  

काठमाडौँ–देशको ४२ ठाउँमा शाखा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाले केही  कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।  संस्थाले मानव संसाधन बिभाग प्रमुखमा १ जनाको लागि निवेदन खुल्ला गरेको छ । उक्त पदका लागि मानव संसाधनको विषयमा स्नाकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यस्तै संस्थाले शाखा प्रमुखअन्र्तगत बरिष्ठ सहायकमा केही कर्मचारीको माग गरेको छ । उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । 

यस्तै संस्थाले आईटी सहायक १ जनाको लागि निवेदन खुल्ला गरेको छ । उक्त पदका लागि कम्पुटर साइन्स, आइटी स्नातक वा सोसरह गरेको हुनुपर्नेछ । सबै पदमा आवेदन दिनको लागि १८ वर्ष पुगेर ३२ वर्ष ननाघेको हुनुपर्ने जानकारी संस्थाले दिएको छ । 

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले संस्थाको www.llbs.com.np वेबसाइटबाट निवेदन फारम डाउनलोड गर्न सक्ने छन् । उम्मेदवारले आवेदनसहित, व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रतिलिपी र पासपोर्ट साइजनको फोटो माघ २६ गतेसम्म इमेल ठेगाना [email protected] मा पठाउन सक्नेछन् । 

 

 

-- 

5888690d45d33.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको