Like us!
Follow us!
Connect us!
Watch us!

सिइओ समिट सम्पन्न : हरिभक्त शर्मा बने ‘सिइओ अफ दि इयर- २०१९’

शनिबार, १४ बैशाख २०७६, १२ : १४ मा प्रकाशित

सिइओ समिट सम्पन्न : हरिभक्त शर्मा बने ‘सिइओ अफ  दि इयर- २०१९’

अर्थ संसार, काठमाडौं–  नेपाल उद्योग  परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा ‘सिइओ अफ दि इयर–२०१९’ बाट सम्मानित भएका छन्  । 

बिजनेश प्लस टेलिभिजको आयोजनमा काठमाडौंमा भएको सिइओ सम्मेलन तथा अवार्ड कार्यक्रममा  शर्माले पपुलर सिइओ अफ दि इयर र सइओ अफ दि इयर प्राईभेट सेक्टरबाट समेत अवार्ड जितेका छन् ।

त्यस्तै सिइओ अफ दि इर्यर पव्लीक च्वाईस : पवन गोल्याङ,  सिइओ अफ दि इर्यर योङ् : शिशिर खनाल,  सिइओ अफ दि इयर पब्लिक सेक्टर  : महा प्रसाद अधिकारी,  सिइओ अफ दि इयर एस एम ई : गगन प्रधान,  फिमेल सिइओ अफ दिन इयर : अनुपमा कुन्जली र सिइओ अफ दि इयर ज्यूरी च्वाईस : हिमालय शम्शेर जंगबहादुर राणाले अवार्ड जितेका छन् ।

आर्थिक तथा वित्तिय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागितामा नेपाल सिईओ सम्मेलन तथा अवार्ड, २०१९ काठमाडौंमा सम्पन्न भएको छ । पद्यमा मिडिया गु्रपद्वारा सञ्चालित विजनेस प्लस टेलिभिजनद्वारा आयोजित सम्मेलनमा विभिन्न क्षेत्रका सरकारी तथा निजी क्षेत्रका ५ सय भन्दा बढीको  सहभागिता रहेको थियो ।

समृद्ध नेपाल सुखी नेपालीको अभियानमा देश होमिएको महत्वपूर्ण यस घडीमा आयोजना भएको  सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका पूर्वाधार निर्माण, उद्योगी व्यवसायी, वित्तिय क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा विभिन्न विषयहरुमा समूहगत छलफल भएको थियो । सम्मेलनमा समृद्धिका लागि आर्थिक विकासको आधार,  उद्यमशीलता, विकास र औद्योगिकीकरण, एकीकृत र वैदेशिक लगानी नीति, वित्तिय प्रणाली , चुनौती र सम्भावना तथा कृषि उत्पादन र बजारीकरणका सम्भावना गरी पाँच वटा विषयमा विषयगत रुपमा गहन छलफल भएको थियो ।

पाँच वटै विषयमा भएको छुटृाछुटृै समूहगत छलफलका क्रममा निजी क्षेका उद्योग व्यवसायीले नेपालको समृद्धिको लागि सरकारले ल्याएको हरेक योजनालाई सघाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । सरकारले विकासको लागि लगानी बढाउन  निजी क्षेत्रलाई गरेको आग्रहका सम्बन्धमा निजी व्यवसायीहरुले लगानीमैत्री वातावरण बनाउन,  कर्मचारीतन्त्रमा सुधार ल्याउन सुझाव दिनु भयो ।

उद्योग व्यवसायीले उठाएका मागकका सम्बन्धमा कार्यक्रममा मन्त्री तथा राजनीतिक दलका नेताहरुले विकासमा निजी क्षेत्रको लगानी बढाउन आवश्यक सबै सहज वातावरण बनाउन  सरकार र पार्टी तत्पर रहेको र सधैं खुला रहने प्रतिवद्धता जनाउनु भयो । 

5cc3f8fddb727.jpg 5cc3f90bc18cc.jpg 5cc3f90e0445a.jpg 5cc3f915d1251.jpg 5cc3f918b1665.jpg 5cc3f91b9cb7f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको