Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा एफ ११ प्रो, भोक ३ र दूई आकर्षक ग्राडियण्ट कलर स्किममा फोन सार्वजनिक गर्दै

विहीबार, ०५ बैशाख २०७६, १८ : ११ मा प्रकाशित

ओपोद्वारा एफ ११ प्रो, भोक ३ र दूई आकर्षक ग्राडियण्ट कलर स्किममा फोन सार्वजनिक गर्दै

अर्थ संसार,  काठमाडौ– ओपोले नेपालमा बैशाख ९ गते एफ ११ प्रो सार्वजनिक गर्ने घोषणा गरेको छ । एफसिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ११ प्रोमा भोक ३.० सुपर फास्ट चार्जिङका साथदूई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिकहुने कम्पनीले जानकारी दिएको छ ।

एफनाइन अन्तर्गतका उत्कृष्ट फिचर्स तथा डिजाइनका साथै फोनमा विभिन्न नवप्रबर्तनात्मक प्रविधि तथा ४८एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन लगायत पनि उपलब्ध हुने छन् । यी विशेषता मार्फत कम्पनीले आफ्ना उपभोक्तालाई आरामदायी तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । एफ११ प्रो सार्वजनिक कालागि आयोजनाहुने कार्यक्रममा नेपाली चलचित्र जगत्की उदयीमान अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिती रहने कम्पनीले जानकारी दिइएको छ ।

४ हजार एमएएच ब्याट्री सहितको फोनमा कम्पनीद्वारा स्व–विकसित भोक ३.० फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गराएको छ । फोनको चार्जिङ तिब्र गतिमाहोस् भन्ने चाहना आजभोली सबैमा छ । एफ११ प्रोमा उपलब्ध भोक ३.०ले फोनको चार्जिङका लागि घण्टौँ कुर्नु पर्ने झञ्झटबाट उपभोक्तालाई छुटकारा दिनेछ । यो प्रविधिको सहायताले,मात्र केही क्षणको चार्जिङ बाटै केही घण्टाका लागि पर्याप्त टकटाइम प्राप्त गर्न सकिन्छ ।

भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्यान्ट–करेण्ट (भोक)लाई पहिलो पटक कम्पनीले सन् २०१८मा सार्वजनिक गरेको थियो । यो चार्जिङ समाधानले तिब्र गतिको चार्जिङ मात्र नभइ उपभोक्तालाई फोन तात्ने लगायत समस्याबाट समेत सुरक्षाप्रदान गरेको छ । ओपो एफ११ प्रोका साथमा सार्वजनिकहुने भोक ३.०ले बजारमा उपलब्ध समान ४ हजार एमएएच ब्याट्री क्षमता सहितका फोनको तुलनामा तिब्र चार्जिङ समाधान प्रदान गर्ने कम्पनीको दावी छ । ओापोको नयाँभोक ३.० चार्जिङ प्रविधिले ट्रिकल चार्जिङ गतिमा भोल्टेज न्यूनिकरण मार्फत सुधार प्रदानगर्दै चार्जिङको लागि लाग्ने समयमा २० प्रतिशतसम्मले न्यूनिकरण ल्याउँछ ।

यो फिचर विशेषगरी स्मार् टफोनको अत्यधिक प्रयोग गर्ने मोबाइल गेमर्सका लागिउ पयोगी छ । अहिलेका लोकप्रिय गेमहरुका लागि तुलनात्मक रुपमा अधिक उर्जाको आवश्यकता पर्छ जसले गर्दा फोनको ब्याट्री खपततिब्र गतिमा हुन्छ । कहिले काहीँ यसले गर्दा फोनको चार्जिङ भन्दा डिस्चार्जिङको गति तिब्र हुने गर्छ । जसले गर्दा फोन चार्ज गर्दै गेम खेल्ने सोच पनि ब्यर्थ हुन सक्छ । यस्तो अवस्थामा भोक ३.० गेमर्सका लागिनिकै उपयोगी प्रमाणित हुन्छ । यसको सहायताले लामो समयसम्म गेम खेल्न सकिनुका साथै चार्ज गर्दै गेमको मज्जापनि लिन सकिन्छ ।

फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’ मा आधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यसमा आधारित रहेर नयाँ फोन, ठण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई आकर्षक ग्राडियण्ट रंगमा उपलब्ध गराउने ओपोले जनाएको छ ।

5cb86e7ac0338.jpg 5cb86e7f64349.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको