Like us!
Follow us!
Connect us!
Watch us!

यतीको नाफा केही घट्यो, निस्क्रिय कर्जामा उल्लेख्य सुधार

शुक्रबार, ०७ माघ २०७३, १६ : ५३ मा प्रकाशित

यतीको नाफा केही घट्यो, निस्क्रिय कर्जामा उल्लेख्य सुधार

अर्थ संसार

काठमाडौं–यति विकास बैंकको चालु आर्थिक बर्षको पहिलो ६ महिनाको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.२७ प्रतिशतले घटेको हो । बैंकले निस्क्रिय कर्जाको अनुपातसमेत उल्लेख्य मात्रामा घटाएको छ ।  

बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा १४ करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत बर्षको यही अबधिमा १६ करोड ५ लाख खूद नाफा कमाएको थियो । 

बैंकको चुक्ता पूँजी १ अर्ब ३८ करोड छ । जगेडा कोषमा २४ करोड २५ लाख रुपैयाँ पुगेको छ । निस्क्रिय कर्जा अनुपात यस बर्ष घटेर ३.७८ प्रतिशतमा आएको छ । गत बर्ष यसको अनुपात ७.२६ प्रतिशत थियो ।    

यतिले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा १२ अर्ब ६ करोड निक्षेप संकलन गरी १० अर्ब ८ करोड कर्जा लगानी गरेको जनाएको छ । उक्त बैंकले अघिल्लो वर्ष यही अवधिमा ८ अर्ब ७६ करोड निक्षेप संकलन गरी ७ अर्ब ९ करोड कर्जा प्रवाह गरेको थियो । बैंकको प्रति सेयर यस वर्ष २० रुपैयाँ ७९ पैसा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको