Like us!
Follow us!
Connect us!
Watch us!

पुतली सडकमा होलीलाई लक्षित गरेर भव्य कार्यक्रम : जय होली

सोमबार, ०४ चैत्र २०७५, १५ : १८ मा प्रकाशित

पुतली सडकमा होलीलाई लक्षित गरेर भव्य कार्यक्रम : जय होली

अर्थ संसार, काठमाडौं– नेपालीहरुको महान चाड रङको पर्व होलीलाई लक्षित गरेर चैत्र ६ गते जय होली नामक कार्यक्रम आयोजना हुने भएका छन। के.ई.ई अर्गनाईजर्सले आयोजना गर्न लागेको उक्त कार्यक्रममा एसियन म्याक्स टेलिभिजन र एसियन म्युजिक पनि आवद्ध हुने भएको छ ।

पुतलिसडकचोक नजिकैको बि एफ सि रेस्टुरेन्ट परिसरमा हुने जय होलि सिजन– २, २०७३ सालको होलिका दिन बानेश्वरमा आयोजन भएको जय होलि कार्यक्रमको दोश्रो संस्करण हो ।यस कार्यक्रमको मुख्री प्रायोजक म्याक्स एसियन टि। भि रहेको छ ।

यस कार्यक्रममा राष्ट्रिय स्तरका गायकहरुको प्रस्तुती रहने छ ।चर्चित गायक सुगम पोखरेल ,अभिनास घिसिङ , भरत सितौला , जितेन लेप्चा ,सन्जिब पुडासैनी ,रबि मल्ल लगाएतका गायकहरुले कार्यक्रममा प्रस्तुती दिने छन् भने कार्यक्रमको उद्घोषन रोशन लामाले गर्ने छन् ।

देशका मौलिक सम्पती र चाडपर्वको अवस्तित्व कता कता ओझेलमा पर्न लागेको बेला, देशको संस्कृती र परम्परा उजागर गर्न यश कार्यक्रम आयोजना गर्न लागिएको के.ई.ई अर्गनाईजर्सका प्रबन्ध निर्देशक कल्याण बिक्रम आचार्यले जानकारी गराएका हुन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको