Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपती ज्यू ! यो समय कुनै मन्दिरको भर्याङ्ग होइन, समृद्धिको भर्याङ्ग उद्धघाटन गर्ने समय हो

आइतबार, २६ फागुन २०७५, १६ : २१ मा प्रकाशित

राष्ट्रपती ज्यू ! यो समय  कुनै मन्दिरको भर्याङ्ग  होइन, समृद्धिको भर्याङ्ग उद्धघाटन गर्ने समय हो

केहिदिन अघि सम्माननिय  राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा पोखरास्थीत विन्दवासिनी मन्दिरमा निर्माण भएको ‘लिफ्ट’ उद्भघाटन भएपछी त्यसको पक्ष र विपक्षमा सामाजिक सन्जालमा राम्रै वहसको सृजना भयो।

निर्माणलाई  विकाशको विम्बको रुपमा हेरीएपनी राष्ट्रपतीद्वारा उद्भघाटन भएको ‘लिफ्ट ’  नागरीकको आर्थिक सामाजिक जिवनमा त्यति धेरै महत्त्व बोकेको परीयोजना नभएकोले पनि त्यसको आलोचना भएको अनुमान गर्न सकिन्छ।

नताको लामो संघर्ष र वलिदानिबाट प्राप्त गणतन्त्र नेपालको संविधानबाट स्थापित यस्ता सस्थाहरु र नागरिक विचको ‘रिदम’ सुमधुर हुनु जरुरी छ। जनताको अभिमतबाट शृजित  राष्ट्रपति सस्था र त्यसमा रहने पात्रले जनताको अपेक्षालाई सर्वपरी ठान्नु आबश्यक छ।

किनकी ‘लिफ्ट ’ पछिल्लो समय सहरमा बन्ने  प्रायजसो आधुनिक संरचनाहरुमा जडान गरिएको हुन्छ। लिफ्ट एक प्रकारको स्वचालित  भर्याङ हो । त्यसकारण एउटा  भर्याङको उद्दघाटन गर्न पनि देशको सर्वोच्च ओहोदामा  रहने राष्ट्रपतीनै गएको प्रसङ्गमाथी केही टिकाटिप्पणी उठनुलाई अन्यथा लिन मिल्दैन। किनकी राष्ट्रपति देशको सम्मानित पद हो र पछिल्लो समय राष्ट्रपतीको सचिवालय तथा सल्लाहकारहरुले राष्ट्रपतीको मर्यादाका प्राविधिक पाटाहरुमा विचार नपुर्याउदा राष्ट्रपति सस्था केही विवादमा तानिनु परेको छ।

यसरी राष्ट्रपती  जस्तो गरीमामय सस्थाप्रती जनमासमा टिकाटिप्पणी उठनु पक्कै पनि सोभनिय विषय होइन। जनताको लामो संघर्ष र वलिदानिबाट प्राप्त गणतन्त्र नेपालको संविधानबाट स्थापित यस्ता सस्थाहरु र नागरिक विचको ‘रिदम’ सुमधुर हुनु जरुरी छ। जनताको अभिमतबाट शृजित  राष्ट्रपति सस्था र त्यसमा रहने पात्रले जनताको अपेक्षालाई सर्वपरी ठान्नु आबश्यक छ। लामो राजनैतिक लडाइमा समय खर्चिएका नेपाली जनताहरुको अहिलेको तिब्र आकाङ्क्षा भनेको द्रुत गतिको आर्थिक समृद्धि नै हो  ।

त्यसको निम्ति जनताले राज्य र त्यसका संरचनाहरुबाट स्रोत साधन र समयको विविकपुर्ण र जनपक्षीय परीचालन चाहेका छ्न । जनताको यो स्वभाविक अपेक्षालाई अहिलेको दुइतिहाइ अभिमत प्राप्त सरकार र त्यसका निकायहरुले गम्भीरता साथ लिनै पर्छ। किनकी यो सरकार दुई तिहाइ अभिमतबाट बनेको भएपनी यसले समग्र नेपाली जनताको समृद्ध नेपाल हेर्ने सपनाको जिम्मेवारी बोकेको छ।

अझ भनौ यसले देशलाई नयाँ युगमा लैजाने महत्त्वपूर्ण अभिप्राय बोकेको छ। त्यसकारण पनि महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्नको निम्ति सरकार सम्बद्द पात्रहरुको आचरण, व्यबहार र नैतिकतमा आमूल परीबर्तन आबस्यक छ। त्यसकारण पनि राष्ट्रपति लगायतका सस्थाका प्रमुखहरु सानातिना उद्दघाटन र कार्यक्रमहरुमा समय खर्चिएर महत्त्वपूर्ण चिन्तनबाट टाढिनु स्वभनिय विषय होइन।

राष्ट्रिय जिवनमा महत्त्वपूर्ण रहेका, जनताको आर्थिक सामाजिक पक्षमा महत्त्वपूर्ण, विकाश र सुशासनको हिसाबले महत्त्व बोकेका परीयोजना , कार्यक्रमहरुमा राष्ट्रपतीको सहभागीता न्यायोचित भएपनी ‘लिफ्ट’ उद्दघाटन जस्ता सामान्य कार्यक्रमहरुमा पनि राष्ट्रपतीलाइ निमन्त्रणा गरेर आयोजकले राष्ट्रपति सस्थाको गरीमाको ख्याल नगरेको देखिन्छ।

र राष्ट्रपतीको सचिवालयपनि यस्ता सवालको मुल्यांकनमा चनाखो हुनु जरुरी छ। सुरक्षाका आधारभुत पक्षलाइ छाडेर राष्ट्रपतीको सवारीमा देखिएको अनावश्यक तामझामले सर्वसाधारणको दैनिकिमा देखीएको जटिलतालाई पनि आगामी दिनमा  सम्बोधन गर्नु आबस्यक छ।

सवारीको लावालस्कर लगाएर रास्ट्रपति सस्थाको गरिमा  बढ्ने भन्दा त्यसबाट जनताले पाउने सास्तिले राष्ट्रपति सस्था अनावश्यक विबादमा तानिने कुरा जनताले लाजिम्पाटमा गरेको  पछिल्लो अवज्ञाले प्रमाणित गर्छ। त्यसकारण पनि रास्ट्रपतिको सवारी ब्याबस्थापनमा केही पुनरावलोकन गर्नुपर्ने समय आएको छ।

मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्री इमरान खानको जिवनशैलीबाट पनि हामिले केही ज्ञान् लिनु आबस्यक छ। अहिले राष्ट्रपतीबाट कुनै भवनका भर्याङ  होइन समृद्धिको भर्याङको उद्दघाटन गर्ने समय हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको