Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको ५४ प्रतिशत शेयर बिक्री, २३ लाख ५० हजार कित्ताको आवेदन

ramesh lamsal

विहीबार, ०९ फागुन २०७५, ११ : २२ मा प्रकाशित

शिवम् सिमेन्टको ५४ प्रतिशत शेयर बिक्री, २३ लाख ५० हजार कित्ताको आवेदन

अर्थ संसार, काठमाडौँ– शिवम् सिमेन्टले प्रभावितसहित सर्वसाधारणको लागि निष्काशन गरेको शेयर ५४ प्रतिशत बिक्री भएको छ। बुधबारसम्ममा २३ लाख ५० हजार २४० कित्ता शेयरका लागि सर्वसाभारणले आवेदन दिएका छन् ।

कूल २३ हजार ७२९ आवेदकले उक्त शेयरका लागि आवेदन दिएको बिक्री प्रवन्धक शिद्धार्थ क्यापिटलले जनाएको छ । स्थानीयले ६४ हजार २९० कित्ताका लागि आवेदन दिएका छन् । २६३ आवेदकले शेयर किन्नका लागि आवेदन दिएका छन ।

कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ लाख ७९ हजार ६४० कित्ता प्राथमिक शेयरको बिक्री खुला गरेको छ । सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको छ ।

कम्पनीले सर्वासधारणको लागि प्रति कित्ता रु ३०० र प्रभावित क्षेत्रका बासिन्दाको लागि रु २०० मा शेयर निष्काशन गरेको हो । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम खुला गरिए बराबरकै लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले छिटोमा फागुन ९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत ५ गतेसम्म बिक्री खुला गर्ने भएको छ ।

5c6e396b6de06.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको