Like us!
Follow us!
Connect us!
Watch us!

डलर बेचेर भारतीय मुद्रा खरीद, किन आइलाग्यो यस्तो अवस्था

ramesh lamsal

बुधबार, ०८ फागुन २०७५, १८ : ४१ मा प्रकाशित

डलर बेचेर भारतीय मुद्रा खरीद, किन आइलाग्यो यस्तो अवस्था

अर्थ संसार, काठमाडौं – अमेरिकी डलर बेच्दै भारतीय मुद्रा खरीद गरिएको तथ्य सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षमा अमेरिकी डलर २ अर्ब १६ करोड, यूरो २ करोड ८० लाख, पाउण्ड स्टर्लिङ्ग २ करोड, जापानी येन १८ अर्ब र चिनीयाँ युआन २० करोड बिक्री गरी रु दुई खर्ब ७४ अर्ब ५७ करोड बराबरको भारतीय रुपैँया खरिद भएको पाइएको छ । भारतीय मुद्रा खरीदका लागि अमेरिकी डलर बिक्री गरिएको हो ।

गत पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु १०५८ अर्ब २० करोड रहेको छ । हाल कायम रहेको विदेशी विनिमय सञ्चितिले ८.९ महिनाको वस्तु आयात तथा ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको