अर्थ संसार, काठमाडौँ– आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ ।
काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले तीन हजार लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चापदार्थ बरामद गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले दक्षिणकाली नगरपालिका क्षेत्रबाट ५०० लिटर र महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ शङ्खरापुर नगरपालिकाबाट ५०० लिटर तयारी मदिरा र दुई हजार लिटर कच्चापदार्थ बरामद गरी आज नष्ट गरेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस