Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले खोल्यो सबै प्रदेशमा प्रादेशिक कार्यालय

सोमबार, ३० पुस २०७५, १६ : ३६ मा प्रकाशित

जनता बैंकले खोल्यो सबै प्रदेशमा प्रादेशिक कार्यालय

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपालले सोमबारदेखि देशको सबै ७ ओटै प्रदेशमा एक साथ प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ ।

प्रदेश १ को ट्रफिकचोक, बिराटनगर, प्रदेश २ को भानु चोक, जनकपुर, प्रदेश ३ को स्कूल रोड, हेटौडा, गण्डकी प्रदेशको न्यूरोड पोखरा, प्रदेश ५ को हस्पिटल लाइन, बुटवल, कर्णालीप्रदेशको बिरेन्द्रचोक सुर्खेत र सुदुरपश्चिम प्रदेशको चटकपुर, धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी संचालनमा ल्याइएको हो ।

प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका शाखा कार्यालयहरुको अनुगमन गर्नेछ ।

प्रादेशिक कार्यालयको स्थापनाबाट बैंकको सेवाप्रवाह अझ स्तरीय तथा सरल हुने विश्वास लिईएको छ । स्थापना भएका प्रादेशिक कार्यालयहरुलाई क्रमिक रुपमा शशक्त बनाउन साधन श्रोत थप गरीदै लगिने छ ।

बैकको पूर्व मेची देखीपश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी हाल १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, २ सिमित्त बैंकिङ इकाई र २ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेकाछन् ।

बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी नै शशक्त उपस्थिति जनाउने योजना रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको