Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी डलरको भाऊ घट्दै

आइतबार, १६ मंसिर २०७५, ११ : १७ मा प्रकाशित

अमेरिकी डलरको भाऊ घट्दै

अर्थ संसार, काठमाडौँ – पछिल्लो दुई महिनाको बीचमा अमेरिकी डलरको भाउ करिव ७ प्रतिशतले घटेको  छ । डलर उक्लिएको थियो अहिले त्यसैगरी झरिरहेको छ।

राष्ट्र बैंकका अनुसार, अहिले बैंकहरुले ११२ रुपैयाँभन्दा तल नै डलरको किनबेच गरिरहेका छन्। आइतबारका लागि एक अमेरिकी डलरको दर  १११ रुपैयाँ ६५ पैसा तोकिएको छ । दुई महिनाअघि १२० रुपैयाँ हाराहारी पुगेको थियो। यस हिसाबले डलरको भाउ ८ रुपैयाँ हाराहारी झरिसकेको छ।

डलरको भाउ निरन्तर बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा समेत बढोत्तरी भएको थियो। तर सामान आयात गर्दा भने बढि पैसा भुक्तानी गर्नु परेको थियो। डलरको भाउ बढेका कारण पेट्रोलियम पदार्थको मूल्यसमेत बृद्धि भएको थियो।

अन्तर्राष्ट्रिय अर्थ ब्यवस्था आँकलन गरिएभन्दा खराब नदेखिएपछि डलर कमजोर भएको हो। डलर कमजोर हुँदा भारतीय मुद्रा बलियो भएको छ। भारु बलियो हुँदा अमेरिकी डलरसँग नेपाली मुद्रा पनि बलियो देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको