Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थ र ग्यास खरिदमा निगमले आइओसीसँग पाँच वर्ष सम्झौता गर्ने तयारी

शुक्रबार, १४ असोज २०७३, १३ : ०७ मा प्रकाशित

पेट्रोलियम पदार्थ र ग्यास खरिदमा निगमले आइओसीसँग पाँच वर्ष सम्झौता गर्ने तयारी

अर्थ संसार
काठमाडौं । नेपाल आयल निगमले थप पाँच वर्षका लागि पेट्रोलियम पदार्थ र ग्यास खरिदको सम्झौता गर्ने भएको छ । भारतीय आयल कर्पोरशन (आइओसी)सँग थप पाँच वर्षका लागि सम्झौता गर्ने भएको हो । पाचँ वर्ष अगाडी गरिएको सम्झौता म्याद आगामी मार्च महिनामा सकिने भएकाले पुन पाँच वर्षकालागि सम्झौता गर्न लागिएको हो ।

सम्झौताको समय पुन थप गर्न पुर्व तयारीका लागि आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्को नेतृत्वमा ६ जनाको टोली भारत प्रस्थान गरेको छन् । भारतसँग पूर्ण रुपमा निर्भर रहेको नेपाली पेट्रोलियम पदार्थको मागअनुसारको आपूर्तिको प्रत्याभूतिका लागि आइओसीको नेतृत्वसँग छलफल हुने बताईएको छ ।

आइओसीसँग निमले रक्सौलको तेल डिपो सरेपछि मोतिहारीबाट उपलब्ध गरउने ग्यारेन्टी गर्न पनि माग गर्ने भएको छ । साथै नयाँ ग्यास डिपो बनेपछि मुजप्फपुरबाट पनि ग्यास उपलब्ध गराउने ग्यारेन्टी आयल निगमले माग समेत गर्ने जानकारी दिए । भरतमा आइओसीसँग अब हुने सम्झौतामा पेट्रोलियम पाइपलाइनबाट तेल खरिद गर्ने विषय पनि उल्लेख गरिने छ ।

यस्तै मागअनुसार आइओसीले निगमलाई तेल उपलब्ध गराउने विषय पनि सम्झौतामा समावेश गर्ने तयारी रहेको निगमले जनाएको छ । भारतसँग ब्यापार सम्झौताको नवीकरणको तयारी गरेको आयल निगमले चीनको पेट्रोलिम पदार्थ पनि किन्ने गरी समझदारी गरेको छ ।
४ असोज, ०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको