Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिकमा मि टु मुभमेन्ट : सेक्स गर्न नमान्दा मन्त्रीले पत्रकारको पारे जागिर चट !

मंगलबार, ०६ कार्तिक २०७५, ०५ : ०८ मा प्रकाशित

राजनीतिकमा मि टु मुभमेन्ट :  सेक्स गर्न नमान्दा मन्त्रीले पत्रकारको पारे जागिर चट !

अर्थ संसार, काठमाडौं– छिमेकी भारतमा ‘मि टु मुभमेन्ट’ (यौन उत्पिडिन) काण्डले तहल्का पिटि रहेको बेला यसको प्रभाव नेपालमा समेत परेको छ । 

‘मि टु मुभमेन्ट’ को समर्थनमा केही साता अघि नेपाली महिला पत्रकाहरुले पनि आफू विरुद्ध भएको यौन हिंसाका बारे बोले खोलेकी छन् ।

मि टु मुभमेन्टमा सहभागी हुँदै पत्रकार रश्मिला प्रजापतीले काठमाडौं महानगरपलिकाको पुर्व मेयरले आफूलाई यौन दुव्र्यवहार गरेको कुरा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्। १५ वर्ष अघि भएको उक्त ह्यारेसमेन्टबारे उनले यसअघि पनि विभिन्न मिडियालाई बताएको उल्लेख गरेकी छिन्।

तर, मुभमेन्ट अन्तर्गत भने  उनले सामाजिक सञ्जालमा उक्त घट्नाबारे पहिलो पटक लेखेकी हुन्। मेयरको यौन प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव उनले फेसबुकमा सेयर गरेकी छिन्।

उनलाई प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाडौं महानगरपालिका पूर्व मेयर केशव स्थापितले ह्यारेस गरेको बारे लेखिन्। केशवले अहिले पनि अन्य पत्रकारलाई पनि ह्यारेस गरेको कुरा उनले दावी गरेकी छिन्।

उनले लेखेकी छिन् ’१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु। उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन्। मलाई थाह छ, दर्जन भन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् कति त मेरो फेसबुकको लिस्टमा पनि छन्। हामी बोल्न नसक्ने होइनौं। हामी हाम्रो आवाज उठाउन सक्छौं। हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो।’

यसअघि यो मुभमेन्टमा सहभागी हुँदै पूर्व सञ्चारकर्मी मीना कैनी,फिल्मकर्मी एवम् डकुमेन्ट्री मेकर सुविना श्रेष्ठ, बिम्मी कालिन्दा शर्माले सेक्सुअल ह्यारेसमेन्टका विषयमा बोलेकी थिइन्।

यो पनि पढ्नुहोस्

दशैंको दक्षिणा शेयरमा लगानी गरौं, थोरै लगानीबाट धेरै नाफा कमाउने अवसर !

हिमालयन उर्जा विकासको ९ लाख ९० हजार कित्ता आइपिओ मंगलबारदेखि

शेयर बजार १६ करोडमा खुम्चियो 

दशैँपछि राजधानीमा चहलपहल : दैनिक १ लाख बढी यात्रु भित्रिए 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको