Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार १६ करोडमा खुम्चियो

सोमबार, ०५ कार्तिक २०७५, १५ : ३६ मा प्रकाशित

शेयर बजार १६ करोडमा खुम्चियो

अर्थ संसार, काठमाडौं– पुँजी बजारमा (आज) सोमबार सामान्य अंकले गिरावट आएको छ । बजार १.९८ अंकले घटेको बजारमा १६ करोड ९८ लाख ७८ हजार ९९० रुपैयाँको कारोबार भएको छ । 

जम्मा १४१ वटा कम्पनीको ७ लाख ३० हजार ३९९ कित्ता सेयर खदिरविक्री भएको छ । कारोबार भएको समूहमध्ये ५ वटा समूह ओरालो लाग्दा नेप्से इन्डेक्स १२४४.५४ विन्दुमा आइपुगेको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२८ अंकले ओरालो लागेको छ । घटेको बजारमा होलट २१.९४, विकास बैंक ७.१४, फाइनान्स ०.३२ , अन्य ०.०३ र माइक्रोफाइनान्स १.४९ अंकले बढेको छ ।

यता बैंक १.७१, व्यापार १.६९, निर्जीवन लाइफ इन्स्योरेन्स २८.७५, उत्पादन ६२.०६ र लाइफ इनस्योरेन्स १८.७६ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5bcda17e4a17e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको