Like us!
Follow us!
Connect us!
Watch us!
थोरै लगानीबाट धेरै नाफा कमाउने अवसर !

दशैंको दक्षिणा शेयरमा लगानी गरौं

सोमबार, ०५ कार्तिक २०७५, ११ : ५८ मा प्रकाशित

दशैंको दक्षिणा शेयरमा लगानी गरौं

अर्थ संसार, काठमाडौं– झापा घर भई हाल काठमाडौंमा आफ्नो परिवारसँग बस्दै आएका हरिशरण भण्डारी शेयर बजारमा लागेको ३ बर्ष मात्रै भयो । उनी शेयर बजारको मझौला लगानीकर्ता हुन् । उनीको आफ्नै कोटेश्वरमा कपडा पसल छ ।

पसलसँगै उनले शेयर बजारमा लगानी पनि गर्दै आइरहेका छन् । पसलबाट भएको नाफाको केही प्रतिशत रकम शेयर  बजारमा लगानी गर्दछन् । भण्डारी भन्छन् ‘ मैले मासिक केही रकम शेयर बजारमा नियमित लगानी गर्दछु, त्यो रकम अहिले भन्दा पनि भविश्यको लागि पेन्सनको रुपमा लगानी गरेको हुँ ।’

अहिले थोरै थोरै रकम लगानी गरीरहँदा पछि बुढेस कालमा त्यही शेयर बेचेर गुजार चलाउन सकिने भण्डारीको भनाई छ । केही बर्षदेखि शेयर घटेपनि भण्डारीलाई चिन्ता छैन् । ‘अहिले शेयर बजार घटेको बेला उठाउने सुनौलो अवसर हो’ भण्डारी भन्छन् –  ‘घटेका क वर्गको बैंकमा लगानी गरे पछि राम्रो फाइदा लिन सकिन्छ ।’

साना र नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गर्ने उचित समय भएको भण्डारी बताउँछन् । भण्डारीले दशैमा दक्षिणबाट उठेको रकम सवै शेयर बजारमा लगानी गरेको सुनाए ।

उनीले आफ्नो मात्र नभई आफ्नो बालवच्चाको दक्षिणा रकम समेत शेयर बजारमा लगानी गरेका छन् । ‘अहिले साधारण शेयर (आइपिओ) को भाउमा दोस्रो बजारमा शेयर किन्न पाइन्छ । शेयर किन्न धेरै पैसा पनि चाहिन्दै । दशैंको दक्षिणाबाट क वर्गको बैंक तथा वित्तीय संस्थाको शेयर कम मूल्यमा धेरै संख्यामा शेयर किन्न सकिन्छ ।’ भण्डारीले अर्थ संसारलाई सुनाए । त्यसैले दशैंको दक्षिण शेयर बजारमा लगानीकर्ता राम्रो फाइदा हुने हुँदा अरुलाई लगानी गर्न सुझाव दिन्छन् ।

भण्डारी जस्तै भक्तपुरका  स्यामसुन्दर कार्की पनि आफ्नो दक्षिणा शेयरमा लगानी गर्ने सोचमा छन् । ‘यसपालि दक्षिणा ५ हजार जति उठेको छ, यो रकमबाट दोस्रो बजारमा कम मूल्यका बैंक वा जलविद्युत कम्पनीको ३०÷\० कित्ता शेयर उठानेछु ।’ कार्कीले भन्छन् ।

 भण्डारी र कार्की त एउटा उदाहरणको पात्र मात्रै हुन् । दशैको दक्षिणाबाट उठेको रकम शेयर बजारमा लगानी गर्ने लगानीकर्ता हिजोआज प्रशस्तै भेटिन्छन बजारमा । बजारमा घटेको बेला आफूसँग भएको दक्षिणा शेयर बजारमा लगानीकर्ता राम्रो हुने शेयर विश्लेषकहरु बताउँछन् ।

नयाँ लगानीकर्ता  प्रवेश र लगानी गर्ने अवसर

यति खेर शेयर दोस्रो शेयर बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने उचित समय हो । नयाँ लगानीकर्ता बजार प्रवेश गर्दा जोखिम कम हुनेछ । किन कि दोस्रो बजारमा क वर्गको बैंक तथा वित्तीय संस्थाहरु आइपिओको भाउमा शेयर किन्न पाइन्छ । यी कम्पनीहरुलाई राम्ररी अध्ययन गरेर बजार प्रवेश गर्दा पछि राम्रो फाइदा लिन सकिन्छ ।

अहिले बजारमा आइपिओको भाउमा शेयर हुने कम्पनीहरुले राम्रो बोनस दिनुको साथै राम्रै फाइदा कमाइ रहेका छन् । त्यसैले आफूसँगै भएको केही रकम शेयर बजारमा लगानीकर्ता पछि उचित प्रतिफल लिन सकिने शेयर लगानीकर्ताको भनाई छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको