Like us!
Follow us!
Connect us!
Watch us!

करिब ७२ लाख नगद भारुसहित १ जना पक्राउ

आइतबार, ०७ असोज २०७५, १६ : ४९ मा प्रकाशित

करिब ७२ लाख नगद भारुसहित १ जना पक्राउ

अर्थ संसार, काठमाडौं– भजनी नगरपालिका, ३ बर्दघाटबाट सशस्त्र प्रहरीले अवैध करिब ७२ लाख भारुसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका, १ का ३१ वर्षीय कृष्णराज जोशीलाई रहेका छन् ।

नेपाल–भारत सीमा नजिकै रहेको बर्दघाटबाट आलुको बोरामा लुकाई छिपाई ल्याउँदै गरेको ७१ लाख ७९ हजार ३ सय भारुसहित पक्राउ गरेको हो । प्रहरीले से ४ प ६७६० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको टिकापुरका डिएसपी हरि ओलीले बताए ।

अवैध पैसालाई आन्तरिक राजश्व कार्यालय कैलालीमा पठाइने र पक्राउ व्यक्तिलाई चोरी तथा सामाजिक अपराध मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको