Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न

मंगलबार, १९ पुस २०७३, ०९ : ५४ मा प्रकाशित

मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न

शेखर आचार्य 
काठमाडौ– मेलम्ची खानेपानी आयोजनाको काम भई रहँदा काठमाडौँ महानगरपालीका वडा म्बर ६ सरस्वतीनगरका वासिन्दा पानी खान नपाएर काकाकुल भईरहेका छन् । बाटोमा पाइप विछ्याउने ठेकेदार (पिआइडी) ले पाइपलाईन विस्तार गर्ने क्रममा खानेपानीको लाईन छिनाएर सर्वसाधारणको घरमा महिनौसम्म पानी नआउने गरी विगारी दिएको छ । पाईपलाईन विस्तार गर्ने भन्दै पानीको पाईप काट्ने, ढलका पाईप फुटाउने र नबनाउने गर्नाले स्थानीय जनता समस्यामा परेका छन् । 

पुरानो पाईप बिगारेर नयाँ पाईप नहाल्नाले जनता यस्तो मारमा परेका हुन् । सरस्वतीनगरमा २०७२ असोजदेखि मेलम्ची खानेपानी आयोजनाको काम सुरु भएको थियो । त्यहि समयदेखि त्यस क्षेत्रवरपरका वासिन्दालाई हिडडुल गर्नदेखि सवारी साधन चलाउनसमेत कष्ट भईरहेको छ । सानो ८ मिटरको बाटोमा २२० को जेसिबी चलाउँदा घरहरु थर्किन गई वासीन्दा पनि डराउने, खाल्डोमा परी घाईते हुने गरेका छन् । घर थर्कँदा कच्ची घर वा भूइचालोमा कमजोर भएका घरको ईटाँ खसेर मानिसहरु घाईते भएका छन् ।

सरस्वतीनगरमै बसोवास गर्ने टिकादेवी सापकोटा घरको इटाँ खसेर चोट लागी घाईते भएर उपचारको क्रममा छिन् । नगरको मूलमार्गको वाटो आवात जावत गर्न कठिन भएकोले पानीको ट्याङ्कर, दमकलजस्ता आपतकालीन सवारी साधन पनि गुड्न सकिरहेका छैनन् । पानीको समस्याले बाटोमा लिक भएको पानी उठाएर जर्किनमा हाली खान स्थानीय बाध्य भएका छन् । करिव २ किलोमिटर सठकमा पाइप विछ्याउन समेत एक बर्षमा नसक्नेले कसरी मेलम्चीको पानी ल्याएर काठमाडौंका बासिन्दालाई खुवाउलान् ? समयमा काम नगर्नेलाई कारबाही गर्ने कुनै निकाय छैन सरकार ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको