Like us!
Follow us!
Connect us!
Watch us!
पुराना लगानीकर्ताले कौडीको भाउमा शेयर नबेचौं, नयाँ लगानीकर्ता बजार प्रवेश गर्ने उत्तम साइत !

शेयर बजारमा निर्माताकै अभावमा अनाबश्यक चलखेल : लगानी करोडबाट लाखमा झर्दै

मंगलबार, २६ भदौ २०७५, ०७ : ११ मा प्रकाशित

शेयर बजारमा  निर्माताकै अभावमा अनाबश्यक चलखेल :  लगानी करोडबाट लाखमा झर्दै

  • नरेन्द्र चुदाली, बजार विश्लेषक

मुख्य कुरा त, बजारमा आपूर्ति ब्याबस्थापन नै चुनौतीपूर्ण देखिएको छ । अधिक आपूर्तिले गर्दा नै बजारमा दवाब सिर्जना भइरहेको अबस्था छ । ब्याजदर नघट्दा लगानीकर्ताहरु पछि हटेका छ्न । म्युचुअलफण्ड र सस्थागत लगानीकर्ताहरु बजारमा प्रवेश नगर्दा माग पक्ष बलियो बन्न सकेको छैन ।

यसबाट लगानीकर्ताहरु पर्ख र हेर कै मनोबिज्ञानमा रहेको अनुमान गर्न सकिन्छ । बजार कमजोर बन्नुपर्ने त्यस्तो सबल पक्ष नभएपनिी लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दा बजारले बाउन्स ब्याक गर्न नसकेको हो । बजारमा धेरै राम्रा कम्पनीको शेयर मूल्य “अण्डर भ्यालुड “ भइरहेको पछिल्लो सन्दर्भमा लगानीको निम्ति यो सुनौलो अवसर पनि हो ।

अर्को कुरा देश समृद्धिको यात्रामा अगाडि बढ्दै गर्दा अर्थतन्त्रको सुचक मानिएको शेयर बजार कमजोर देखिँदा हामीलाई अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पनि कठिन हुन्छ भन्ने कुरामा राज्य सचेत बन्नु आवश्यक छ ।

त्यसकारण लगानीकर्ताहरुले यस समयमा गरेको विबेकपूर्ण लगानी आगामी केही समयपछि राम्रो अवसरको रुपमा आउने कुरामा दुई मत छैन । बजारमा शेयरको भोलुम उच्च भएकोले  माग सिर्जना गराउनको निम्ति नियमकारी निकायको भूमिकाा अझ महत्वपूर्ण बन्नु आवश्यक छ ।

यसमा नियमनकारी निकायले रणनैतीक तथा प्राविधिक दुबै रुपमा आफ्नो कार्य योजना अगाडि बढाउन पर्छ ।नेपाली बजारमा यसअघि पनि लामो अबधिका वियरीस चक्र देखिएकै हुन । त्यसकारण  आत्ति हाल्नुपर्ने अबस्था पनि होइन । यस्तो अबस्थामा लगानीकर्ताहरु अझ धैर्य बन्नुपर्ने आवश्यक हुन्छ ।

बजार तत्काल नै नयाँ चक्रमा प्रवेश गर्ने वातावरण देखि नसकिए पनि  पोर्टफोलियोमा नोक्सान पर्ने गरि आपूर्ति हुने क्रम रोकियो भने बजार थप घट्ने क्रम पनि रोकिन्छ । र, त्यसपछिको चक्र भनेकै “बुल’’ को हो ।

अर्को कुरा देश समृद्धिको यात्रामा अगाडि बढ्दै गर्दा अर्थतन्त्रको सुचक मानिएको शेयर बजार कमजोर देखिँदा हामीलाई अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पनि कठिन हुन्छ भन्ने कुरामा राज्य सचेत बन्नु आवश्यक छ ।  राज्यले बजार बलियो बनाउनको निम्ति नितिगत तथा अधारभूत रुपमा सहयोग गर्ने हो ।

अधिक आपूर्तिलाई सन्तुलित बनाउनको निम्ति बजारमा बजार निर्माता अर्थात “ लिक्युडिटी प्रोभाइडर“ को बलियो उपस्थिति हुनु जरुरी छ । बजार निर्माताकै अभावमा बजारमा अनाबश्यक चलखेल भइ बजारको मनोबिज्ञान कमजोर र अस्थिर भइरहेको छ भन्ने मेरो विचार हो। त्यसकारण पनि बजारमा कहिलेकाही देखिन खोजेको सुधार टिक्न सकिरहेको छैन ।

बजारको विकास विस्तार र विविधिकरणमा सरोकारवालाले ध्यान दिनुपर्छ भन्ने कुरामा आम लगानीकर्ताको एक मत छ । बजार निर्माता, अनलाइन प्रणाली , एनआरएनको लगानीदेखि बजारमा वास्तविक क्षेत्रलाई सूचिकृत गर्ने पोलिसी राज्यबाट हुनु जरुरी छ ।

यो पनि पढ्नुहोस्

समय र सुचनाको विवेकपुर्ण व्यवस्थापन : सेयर बजारमा सफलताको आधार

युवाशक्ति : अघोषित अयोग्य

मन्द सेयर बजार : जोखिम पनि कम

लोकतन्त्रको धारामा समृद्धिको पानी

सेयरको सकसपूर्ण सुस्तता 

आपूर्ति ब्याबस्थापन चुनौतीपूर्ण बन्दै

पुँजी निर्माण र आर्थिक समृद्धिको निम्ति सेयर बजार

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको