Like us!
Follow us!
Connect us!
Watch us!

मन्द सेयर बजार : जोखिम पनि कम

मंगलबार, २९ साउन २०७५, १० : ४२ मा प्रकाशित

मन्द सेयर बजार : जोखिम पनि कम

नरेन्द्र चुदाली

प्रतिफलको अनुमानित   खाका सहित सूचिकृत कम्पनीहरुका वित्तिय विवरणहरु सार्वजनिक हुँदै गर्दा सेयर बजार भने दिनप्रतिदिन कमजोर बन्दै  गईरहेको छ। लामो समय वियरिश अबस्थाबाट गुज्रीएको सेयर बजारमा लगानीकर्ताको मनोविज्ञान कमजोर छ।

त्यसमा पनि बजारको सिजन मानिने वर्तमान अबस्थामा सेयर बजारमा देखिएको यो सुस्तताले बजारका लगानीकर्ताहरुको आत्मविस्वास झनै खस्किन पुगेको छ। बजार वृद्धीमा सहयोगि मानिने  धेरै अवसरहरु निस्प्रवाह हुँदै जाँदा बजार प्रतिको अन्यौलता झनै बढेको छ। स्थायित्व सहित देश समृद्धीको यात्रामा अगाडी बढ्दै गर्दा अर्थतन्त्रको ऐना मानिने सेयर बजार भने सुधार हुन सकिरहेको छैन्।

यसबाट धेरै लगानीकर्ताहरु प्रभावित भईरहेका छन्। बजारका गतिविधिहरु शुन्य प्राय छन्। बजारमा सूचिकृत हुने सेयरहरुको सङख्या तिव्र भई बजारको आकारमा भारि बृद्धी हुदै गर्दा सेयर कारोबार भने मुस्कीलले १५ – २० करोडको हाराहारीमा सिमित हुन थालेको छ। बजारमा अधिकाशं कम्पनीहरुको मूल्य सस्तो हुँदा पनि त्यसमा लगानीको निम्ति लगानीकर्ताहरु तत्पर देखिएका छैनन्।

अधिकाशं संस्थाहरुले  पुँजी बृद्धीको आवश्यक मापदण्ड पुर्याईसकेको अबस्थामा बोनश र हकप्रद प्रति बढी आकर्षीत हुने अधिकाशं लगानिकर्ताहरुले  यो बर्ष नगद प्रतिफल आउने अनुमानमा आफनो लगानीको दायरालाई खुम्चाएको अनुमान गर्न सकिन्छ।

घटेको बजारलाई सदुपयोग गर्न लगानीकर्ताहरुले चासो दिएका छैनन्। जसले गर्दा माग र आपुर्तीमा सन्तुलन आउन सकिरहेको छैन्। बजारमा दिर्घकालीन लगानीको एतिहासिक अवसर नै सृजना भईरहेको वर्तमान अबस्थामा लगानीकर्ताहरु भने पर्ख र हेर कै अबस्थामा देखिन्छन्। उनिहरु बजारको विकासको  लागि सरोकारवाला निकायहरुले जनाएका  प्रतिबद्धतामा विश्वस्त देखिदैनन्। ब्याजदर लगायतका अन्य  कारणहरुले बजार कमजोर बनाउन भूमिका खेलेको  अबस्थामा   सरोकारवाला प्रती लगानीकर्ताको अविश्वास चुलीदा त्यसले बजारलाई झनै कमजोर बनाएको छ।

११०० को रेखामा खुम्चिएको बजारमा प्राथामिक बजारमा प्रवाह भएका सार्वजनिक निश्काशनले झनै असर पारेको देखिन्छ। व्याजदर नघट्नु बजार सुधारको निम्ति सबैभन्दा ठुलो टाउको दुखाईको विषय बनेको छ। बजार ओरालो लागिरहदा मार्जीन कलको क्रम  पनि बढेर जाने देखिन्छ। यसले लगानीकार्ताहरुको धैर्यतामा थप दवाव सृजना हुने अनुमान गर्न सकिन्छ । अधिकाशं संस्थाहरुले  पुँजी बृद्धीको आवश्यक मापदण्ड पुर्याईसकेको अबस्थामा बोनश र हकप्रद प्रति बढी आकर्षीत हुने अधिकाशं लगानिकर्ताहरुले  यो बर्ष नगद प्रतिफल आउने अनुमानमा आफनो लगानीको दायरालाई खुम्चाएको अनुमान गर्न सकिन्छ।

मुख्य चुनौतीको रुपमा रहेको अधिक आपुर्तीलाई नियामक निकायहरुले नितिगत तथा प्राविधिक दुवै तवरले सन्तुलनमा ल्याउन पहल गर्नुपर्ने अहिलेको आबस्यकता हो। प्राथामिक बजारको पहुच देशैभरी पुगेपनि दोश्रो बजार भने सिमित दायरामा छ।

अनलाईन प्रणालीमा देखिएको ढिलासुस्ती , बजारमा मार्केट मेकरको कमजोर भुमिका, म्युचुअल फण्ड र सस्थागत लगानीकर्ताहरुको निश्कृयता, बजारको कमजोर मनोविज्ञान जस्ता कुराहरुले बजारमा निराशाको वातावरण छाएको छ। बुलको अबस्थामा घाटामा रहेका कम्पनीहरुको सेयरलाई पनि चर्को मुल्य तिर्न तयार हुने लगानीकर्ताहरु अहिले धेरै वाणिज्य बैकंहरुको सेयर  आईपिओ हाराहारिमा आउदा समेत लगानीको निम्ति तयार देखिएका छैनन्। यसले बजारमा लगानीकर्ताको प्रबृतीमा सुधारको आबस्यकता महसुस बनाएको छ।

बुलको अबस्थामा कम्पनीको वास्तविक अबस्था भन्दा माथि गएर किन्न तछाडमछाड गर्ने र जब बजार घट्छ लगानी गर्न तत्पर नहुने प्रबृतीले बजारबाट यथोचित लाभ लिन सकिदैन। लामो समय वियरिश अबस्थाबाट गुज्रीएको सेयर बजारमा अबको चक्र भनेको बजारको बृद्धी नै हो ।

त्यसकारण पनि बजारमा अब लामो सुस्तता नदेखिन सक्छ। जसरी बजारमा वुलको अबस्थामा लगानी गर्दा ठूला जोखिमको सामना गर्नु पर्ने हुन्छ तर अहिले अबस्थामा लगानी गर्दा भने लगानीकर्ताहरुले त्यती धेरै जोखिम मोल्नु नपर्ने देखिन्छ। बैकंको व्याजदर घटाउन भएको नियामकहरुको पहल , तरलता मा देखिन थालेको सहजता र बजारको सुदृढीकरणको निम्ति सरोकारवालाहरुले गरेको पहलबाट बजारमा आगामि दिन सकारात्मक नै  रहने अनुमान गर्न सकिन्छ।

मुख्य चुनौतीको रुपमा रहेको अधिक आपुर्तीलाई नियामक निकायहरुले नितिगत तथा प्राविधिक दुवै तवरले सन्तुलनमा ल्याउन पहल गर्नुपर्ने अहिलेको आबस्यकता हो। प्राथामिक बजारको पहुच देशैभरी पुगेपनि दोश्रो बजार भने सिमित दायरामा छ। त्यसकारण पनि दोश्रो बजारको पहुचलाई देश भरि नै पुर्याउनु आबस्यक छ।

जसले अहिलेको अधिक आपुर्तीलाई ब्याबस्थापन गर्न सहज हुनेछ। गैर आवासिय नेपालीलाई पनि सेयर बजारमा लगानी गर्ने वातावरण बनाउनको लागि  नियामकको सकृयता अझै बढ्नु पर्ने आवश्यकता छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको