शुक्रबार, २८ मङि्सर २०७५, ०१ : ५३
युवाशक्ति : अघोषित अयोग्य
आइतबार, १० भदौ २०७५

युवाशक्ति त्यस्तो शक्ति हो, जसले एउटा परिवार, समाज अनि सिङगो देशलाई नै कायपलट गर्ने सामार्थ राखेको हुन्छ । तर, त्यो त्यतीबेलामात्र संभब हुन्छ, जब यी उर्भर उर्जा भएका युवाले आफ्नो क्षमता र सामार्थलाइ उचित ठाँउमा सदुपयोग गर्ने अबसर प्राप्त गर्दछन् ।

तर, देशमा यस्ता अबसर कुनै एउटा युवाले ब्यक्तिगत रुपमा सिर्जन गर्न असम्भब हुन्छ । त्यस्ता अबसरको सृजना गरेर देशका युवाको सहि परिचालन गर्ने मुख्य जिम्मेबारी र दायित्व राज्यको हो । देशमा रहेका स्रोत साधनको परिचालन गरी देशलाई समृद्ध बनाउन युवाको अधिकतम् परिचालन गर्नु आबस्यक हुन्छ । जब कुनै देशले आफ्ना युवाको क्षमताको उचित मुल्याङ्कन गरेर उनीहरुको क्षमतालाई समृद्धिको अभियानमा प्रयोग गर्न सक्दछ, तबमात्र त्यो देशको विकाश र आर्थिक समृद्धि सम्भब हुन्छ । र, युवाले पनि रोजगारी र आयआर्जनको अबसर प्राप्त गर्दछन् ।

तर, बिडम्बना हाम्रो देशमा रहेका लाखौं युवालाई नत उचित अबसर प्राप्त हुन सकेको छ, नत देश नै समृद्धिको दिशामा जान सकेको छ । देशको परिबतर्नमा एउटा अबतार बनेर आउन सक्ने युवा राज्यको अदुरदर्शिता र सत्ता केन्द्रीत राजनीतिबाट पीडित छन् । देशका लाखौ युवा क्षमता हँदाहुदै पनि अबसर प्राप्त गर्नबाट बंचित छन् । बेरोजगार युवाको ट्याग भिरेर बस्न बाध्य छन् । आज लाखौ युवा देशमा कुनै अबसर नपाएपछि सुनौलो सपनाको खोजीमा भौतारीदै खाडी लगायतका मुलुकमा रगत–पसिना बगाउँन बाध्य छन् ।

देशमा केहि गर्छु, देशमै बसेर आफ्नो जीबन चलाउँछु भन्ने रहर र चाहना हुँदा हँदाहुदैपनि देशमा रोजगारी र उद्यमशीलताको अबसर नदेखेपछि युवा मानसीक दबाबमा परेका छन् । यस्तो अबस्थमा उनीहरुको एक मात्र विकल्प बैदेशिक रोजगारी हुन पुगेको छ ।

युवा पैसा कमाउने सपना सजाएर आफ्नो परिवार, गाँउ र प्यारो देशलाई छाडेर बिदेशिनु परेको तितो यथार्थता हामी सामु छ । सायद एउटा नागरिक भएर देशमा अबसरको खोजीमा तड्पदै हिड्नुपर्छ । देशलाई नै छाडेर विदेशिनु निकै पीडादायी अबस्था हो । तर, यो आम नेपाली युवाको बाध्यता हो ।

देशको यस्तो अबस्था हुनुमा राज्यको अदुरदर्र्शिता र युवाप्रतिको गैर जिम्मेवारीपना नै मुख्य कारण हो । देशमा परिवर्तनका नाममा थुर्पै आन्दोलन भए । यी परिवर्तका मुख्य स्रोत नै युवाशक्ति भए । यी सबै आन्दोलनमा युवा रोजगारी र समृद्धि सहितको लोकतन्त्रका निम्ति लागेका थिए । बिडम्बना, आज देशमा गणतन्त्र आएको छ । तर देश गरिबी र बेरोजगारीबाट मुक्त हुन सकेको छैन । अझ बेरोजगारी झनै बिकराल बन्दै गएको छ । एउटा समृद्ध नेपाल देख्ने आम नागरिकको चाहाना मृगतृष्णामै सीमिति भएको छ ।

देशमा रोजगारीको अबसर सृजना गछौँ देशलाई आमूल परिवर्तन गर्छौ भन्ने दलहरुको मानसीकता र कार्यशैली नै परिवर्तन नहुँदा देशले बिकाश र समृद्धिको बाटो लिन सकेको छैन।आजपनि दैनिक हजारौ युवा विदेशीन बाध्य छन्। देशमा रोजगारीका नगन्य अबसर छन् । र त्यसमा पनि नाताबाद र कृपाबादको घिनलाग्दो छाया पर्दा क्षमता भएका युवाले पनि त्यस्तो अबसर पाउन सकेका छैनन् । देशमा लगानीको वातावरण छैन् । पूँजी परिचालन हुन सकेको छैन् ।  देशमा बेरोजगारीको यस्तो बिकराल स्थिति आउँदा पनि राज्य मौन बसेको छ । नत राज्यले रोजगारीका अबसर नै सृजना गर्न सकेको छ, नत युवाको बिकाश र सुरक्षीत भबिश्यको निम्ति स्पष्ट नीति र योजना बनाउन सकेको छ ।  आज देशमा भूकम्प पछिको पुन निर्माण गर्नुपर्ने छ ।

तर, यहाँ जनशक्तिकै अभाव देखिएको छ । पलायन भईरहेको जनशक्तिलाई रोक्न कसैको चासो देखिएको छैन । गाँउघर युवाबिहीन भएका छन्। काम गर्ने नहुँदा खेतियोग्य जमिन खेर गएको छ । गाँउघरमा महिला, केटाकेटी र बृद्ध मात्र हुँदा दाहासंस्कारमा समेत समस्या हुने सम्मको पीडादायी अबस्था छ । तर, पनि नेपालको राजनीतिक नेतृत्वले विकाश र समृद्धिका ठूला र आधारहीन कुरा गर्न छाडेका छैनन् ।

कहीलेकाही त यस्तो लाग्छ सधै गरीब जनताको परिवर्तनका नाममा राजनीती गर्ने दलहरु देशमा गरीवी सकिएपछि कसको नाममा राजनीति गर्ने भन्ने चिन्तामा देशलाई गरिबी र अभाबमै राख्न चाहान्छन् । देशमा गरिबी ,बेरोजगारी र परिबर्तनको नाममा युवालाई लाठी र बन्दुक बोकाउने दलले आज सत्तामा पुगेपछि युवाको लागि कुनै स्पष्ट योजना र नीति बनाउन नसक्नु दुखद हो।

देशमा लाखौ युवा शैक्षिक बेरोजगार बनिरहेका छन् । तर, देशको मुल रजनीतिक धार युवाको पीडा र भबिश्यप्रति संबेदनाहीन भईदिँदा आम युवामा अन्योलता छाएको छ । यसरी देश रेमिटेन्सकै भरमा चलिरहँदा अबको आर्थिक समृद्धिको यात्रा कसरी अगाडी बढ्छ यो सबै अनुत्तरित नै छ।

देशमा बर्षेनी हजारौ युवा आफ्नो पढाई सकेर रोजगारीका अबसर खोजीरहेका हुन्छन् । तर, बिडम्बना जो अभिभाबकको रुपमा रहेको राज्य छ, त्यसले यी युवाको बाँकी भबिश्य र अबसरको निम्ति कुनै चासो दिदैन । सरकारले केवल बर्षमा चार–पाँच हजार युवालाई लोकसेवा मार्फत जागीर दिने बाहेक अन्य पहल केही गरेको देखिदैन । लोकसेवामा उत्रीर्ण हुने बाहेक अन्य युवालाई सरकारले अघोषित रुपमा अयोग्य नै बनाएको छ भन्दा फरक पर्दैन । युवाको सबालमा सरकार गम्भीर हुन्थ्यो भने आबश्यक नीति बनाई पहलकदमी ल्याउथ्यो होला । लोकसेवामा पनि मागको तुलनामा निकै नै न्यून मात्रामा विज्ञापन खोल्ने हुनाले धेरै क्षमता भएका युवाले पनि त्यसमा अबसर पाएका छैनन् ।

केही ले निजी क्षेत्रमा अबसर पाउने भए पनि त्यो नगन्य छ । उद्यमशीलताको लागि पनि पर्याप्त वातावरण बन्न सकेको छैन । यहाँ कुनै पनि युवा अयोग्य छैन्न । हुन सक्छ, कोही भारी बोकेर खाने हैसियत राख्छन् भने कोही प्लेन चलाएर खाने हैसियत राख्छन् । हरेक युवासंग आ–आफ्नै क्षमता छन । उनीहरुको क्षमता अनुसार अबसर प्रदान गर्नु राज्यको दायित्व हो । केवल बर्षमा लोकसेवा मार्फत चार–पाच हजार युवालाई जागीर दिई अरुलाई अघोषीत अयोग्य बनाईनु दुखत हो ।के सरकारको दायित्व यती मात्र हो त रु सरकार गंभीर बनोस ।

देशको विकाश गर्ने हो भने नेपालमा प्रचुर सम्भाबना र अबसर छन् । पर्यटन देखि लिएर खनिज जडिबुटी जलस्रोतबाट नै देशको कायापलट गर्न सकिन्छ । तर, यसको लागि राज्यले नै अग्रसरता लिनु जरुरी छ । राजनीतिक नेतृत्वमा ईमान्दारीता हुनु जरुरी छ । देश विकाशको गतिमा अगाडी बढ्यो भने त्यसमा युवाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने कुरामा दुई मत छैन् । यसको लागि राज्यले देशका युवाभित्र रहेको क्षमता चिन्नु जरुरी छ ।

देशमा धेरै रजनीतिक परिवर्तन भए । तर, यी परिवर्तनपछि देश आर्थिक रुपमा समृद्ध नहुँदा प्राप्त परिवर्तन दीर्घकालीन हुन सकेनन् । हामीलाई चाहिएको आर्थिक समृद्धि सहितको परिवर्तन हो । भोको पेटमा गणतन्त्रका नारा लगाउनु मुर्खता बाहेक अरु केही हुन सक्दैन ।

त्यसैले अहिलेको परिबर्तनको रक्षाका लागि देशमा आर्थिक विकाश गर्नु जरुरी छ । आर्थिक परिवर्तन बिनाको राजनीतिक परिवर्तनको कुनै अर्थ रहँदैन । देशमा अझैपनि यस्तै अबस्था भईरहरयो भने आर्थिक कमजोरीको फाईदा उठाएर परिवर्तन बिरोधी र देशी–विदेशी शक्ति केन्द्रले चलखेल गरिरहनेछन् । जसले, राष्ट्रियतालाई समेत कमजोर बनाउन सक्नेछ । त्यसैले दलहरु बेलैैमा नै आर्थिक समृद्धिको यात्रामा लाग्दै परिबर्तनलाई अझ परिपक्क बनाउनु जरुरी छ ।

देशको बर्तमान आबश्यकता भनेकोे जनजीविकाको सबाललाई सम्बोधन गर्दै विकाशको दीर्घकालीन मार्गचित्र कोर्नु हो । जहाँ आम युवाको भविश्य सुनिश्चित हुनुपर्छ । सरकार र दलका कुरामा विश्वास गर्ने वातावरण हुनुपर्छ । सडकमा एउटा भत्किएको खाल्डो पुर्न नसक्ने र भएका धारामा नियमित पानी दिन नसक्ने सरकारले पाईलाईनबाटै ग्यास पठाईदिन्छु भन्नु जोक बाहेक अरु केही हुन सक्दैन ।

विकाश गर्छु भन्ने कुरा राम्रो भएपनि जनता सामान्य जीबन जीउनकै लागि संघर्ष गरिरहँदा जनताको साथमा नरहेको सरकारले त्यस्ता कुरा गर्नु उचित हुँदैन । यदी परिवर्तन नै गर्ने हो भने त्यो परिवर्तनको सुरुवात साना कुराबाटै गर्नुपर्छ । आज लाखौं युवालाई खाडी पठाएर देशमा परिवर्तन र बिकाशका ठूला–ठूला कुरा गर्नु तर्कसंगत हुन सक्दैन ।   

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved