Like us!
Follow us!
Connect us!
Watch us!

३ सय ६५ दिन नै खुल्ने बैँक

शुक्रबार, १५ पुस २०७३, १४ : ४३ मा प्रकाशित

३ सय ६५ दिन नै खुल्ने बैँक

अर्थसंसार
काठमाडौँ– विश्वमा सम्भवतः सबैभन्दा बढी सार्वजनिक विदा हुने देशमध्ये नेपाल पनि पर्छ । साप्ताहिक शनिवारेर बिदाबाहेक यहाँ अन्य ४६ दिन सार्वजनिक विदा हुने गर्छ । यसबीचमा सरकारले निर्णय गरेर दिने आकस्मिक विदाको गणनै छैन ।  सार्वजनिक विदाको दिनमा अधिकांश बैँक बन्द हुने गर्छन् । 

के तपाईंलाई थाहा छ ? बैँकिङ क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको टुरिज्म डेभ्लपमेन्ट बैँक वर्षमा ३६५ दिन नै खुल्ने गरेको छ । यसको मूख्य शाखा काठमाडौँको बानेश्वरमा छ । विदाका दिन बैंकका हरेक शाखा फरक समयमा खुल्ने उक्त बैँकको ठमेलको शाखामा काम गर्ने कर्मचारी रचना खतिवडाले जानकारी दिईन् । सार्वजनिक विदाको दिन मुख्य कार्यालयलगायत न्यूरोड शाखा कार्यालयमा २ देखि ५ बजेसम्म कारोबार हुन्छ ।

यसका साथै ठमेल, गोगंबुलगायतका कार्यलयबाट विदाको दिन ११ देखि २ बजेसम्म कारेबार हुने गर्छ । यस बैंकमा विदाको दिनबाहेक अरु दिन ९ देखि ४ बजेसम्म काम हुने गर्छ । एउटा शाखा २ बजे बन्द भए पनि अर्को शाखा त्यसपछि खुल्ने हुदाँ कोही पनि ग्राहक सेवाबाट बन्चित हुनुनपर्ने कर्मचारी खतिवडाले बताइन् ।  

बैँकले राजधानी बाहिर केही स्थानमा थप शाखा विस्तार गर्दैछ । बैँकले नारी बचत, किडस् बचत खाता, बृद्धबृद्धाका लागि आदरणीय बचत खातालगायतका निक्षेप खाता संचालनमा ल्याएको छ । यस्तै मोबाईल बैँकिङ, कृषि बिमालगाएतका सेवा पनि बैँकले दिँदै आएको जानकारी दिएको छ । 

यो पनि पढ्नुहोस्

फुटवेयर विजनेश एक्स्पो सुरु

मलाई अरू कसैका पतिको आवश्यकता छैन

अपि पावर कम्पनी लिमिटेडले पायो उत्पादन अनुमतिपत्र

कसकसले पाए शिक्षा पत्रकारिता पुरस्कार ?

नेप्सेलाई धितोपत्र बोर्डले असहयोग गरिरहेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको