Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर कम्पनी लिमिटेडले पायो उत्पादन अनुमतिपत्र

शुक्रबार, १५ पुस २०७३, १२ : २५ मा प्रकाशित

अपि पावर कम्पनी लिमिटेडले पायो उत्पादन अनुमतिपत्र

अर्थ संसार
काठमाडौं–अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्ने ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनालाई विद्युत विकास विभागले उत्पादन अनुमतिपत्र प्राप्त भएको छ । अपि पावर कम्पनीले निर्माण गर्ने यो दोस्रो आयोजना हो । यसअघि कम्पनीले सूदुरपश्चिम विकास क्षेत्रको दार्चुलामा १७ महिनामै ८.५ मेगावाट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण गरेर राष्ट्रिय प्रसारण लाईनमा जडान गरिसकेको छ । 

नयाँ अपर नौगड गाढ साना जलविद्युत आयोजना कम्पनीले सोही नदीको माथिल्लो भागमा निर्माण गर्न लागेको छ । आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत भइसकेको छ । आयोजनाको वित्तिय व्यवस्थापन नेपाल एसविआई बैंक र प्रभु बैंकले गर्ने भएका छन् । कम्पनीले यो आयोजना १५ देखि १७ महिनाभित्र सम्पन्न गर्ने गरी कार्य गरिने जनाएको छ । 

यी दुवै आयोजनाको कारण सुदूरपश्चिम लोडसेडिंग मुक्त हुनेछ । हाल उक्त क्षेत्रका पहाडी जिल्ला लोडसेडिंग मुक्त भएका छन् । कम्पनीले अपर नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण सकिएलगतै ४० मेगावाटको माथिल्लो चमेलियाको निर्माण कार्य शुरु गर्नेसमेत जनाएको छ । स्मरण रहोस् कम्पनीले हालै मात्र नेपाल विद्युत प्राधिकरणबाट जारी सोलारसम्बन्धी टेण्डरमार्फत १९.५ मेगावाटको सोलार जडानको कार्य समेत गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

कसकसले पाए शिक्षा पत्रकारिता पुरस्कार ?

नेप्सेलाई धितोपत्र बोर्डले असहयोग गरिरहेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको