Like us!
Follow us!
Connect us!
Watch us!

कसकसले पाए शिक्षा पत्रकारिता पुरस्कार ?

शुक्रबार, १५ पुस २०७३, ११ : ४३ मा प्रकाशित

कसकसले पाए शिक्षा पत्रकारिता पुरस्कार ?

अर्थ संसार

काठमाडौं–राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासँघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले ७५ हजार रुपैयाँ राशीको यो पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । 

यसैगरी बैठकले पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने २५ हजार रुपैयाँ राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पूर्वाञ्चलबाट कोकिला ढकाल (राजधानी दैनिक–इलाम) र अम्मर खड्का (नागरिक दैनिक–सुनसरी), मध्यमाञ्चलबाट दिवाकर भण्डारी (अन्नपूर्ण पोष्ट–बारा) र ध्रुव दंगाल (नागरिक दैनिक–सिन्धुपाल्चोक), पश्चिमाञ्चलबाट बसन्त गिरी (गोरखापत्र–कपिलवस्तु) र कृष्ण खनाल (बुटवल टुडे दैनिक–रुपन्देही), मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी (आजको शिक्षा साप्ताहिक–रुकुम) र गिरु भण्डारी (कान्तिपुर दैनिक–प्युठान) र सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट (कान्तिपुर दैनिक–कञ्चनपुर) र कृष्ण ओली (नागरिक दैनिक–बाजुरा) गरी ५ क्षेत्रमा सुयक्त रूपमा प्रदान गरिएको छ । त्यस्तै उपत्यकाबाट लिलप्रसाद चन्द (सामुदायिक सूचना नेटवर्क–काठमाडौं) लाई प्रदान गर्ने निर्णय भएको छ । 

बैठकले उपत्यकासहित ६ क्षेत्रका २÷२ जना पत्रकारलाई प्रदान गरिने १५ हजार रुपैयाँ राशीको ‘शिक्षा लेखनवृत्ति–२०७२’ पूर्वाञ्चलबाट शेखर ढकाल (रेडियो नेपाल–सुनसरी) र सरिता राई (रासस–भोजपुर), मध्यमाञ्चलबाट मायामितु न्यौपाने (रेडियो वीरगञ्ज–पर्सा) र मनिका झा (अन्नपूर्ण पोष्ट दैनिक–धनुषा), उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक–काठमाडौं) र आस्था केसी (रातोपाटी डटकम–काठमाडौं) लाई प्रदान गरिएको छ ।

त्यस्तै पश्चिमाञ्चलबाट वीरेन्द्र केसी (कान्तिपुर–अर्घाखाँची), लक्ष्मण पोखरेल (दैनिकपत्र दैनिक– रुपन्देही), सन्तोष गौतम (नवविकल्प साप्ताहिक–म्याग्दी), मध्यपश्चिमाञ्चलबाट गोविन्द केसी (नागरिक दैनिक–दैलेख), दीपबहादुर घर्ती (कमाण्डर पोष्ट दैनिक–जाजरकोट) र ईश्वर अधिकारी (काक्रेविहार दैनिक–सुर्खेत) र सुदूरपश्चिमाञ्चलबाट बसन्तप्रताप सिंह (कान्तिपुर दैनिक–बझाङ), शेरबहादुर ऐर (अनुमोदन दैनिक–कैलाली) र टंकबहादुर कुँवर (विन्तीपत्र साप्ताहिक–कैलाली) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । 

त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ तर्फ पूर्वाञ्चलबाट पूर्वेली एफएम (मोरङ) र रेडियो मकालु (धनकुटा), मध्यमाञ्चलबाट रेडियो मकवानपुर (मकवानपुर) र रेडियो रसुवा (रसुवा) लाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । 

त्यस्तै उपत्यकाबाट रेडियो सगरमाथा १०२.४ (ललितपुर), पश्चिमाञ्चलबाट रेडियो सारथी १०७.४ (बाग्लुङ), मध्यपश्चिमाञ्चलबाट रुबरु एफएम (बाँके) र सुदूरपश्चिमाञ्चलबाट संयुक्त रुपमा रेडियो धनगढी ९०.५ (कैलाली) र रेडियो अमरगढी ९७.४ (डडेलधुरा) लाई प्रदान गरिएको छ । २० हजार रुपैयाँ राशीको यो पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिसबमोजिम दिन लागिएको हो ।  

यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने ४० हजार रुपैयाँ राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पत्रपत्रिकातर्फ युगबोध दैनिक (दाङ) र आजको शिक्षा साप्ताहिक (काठमाडौं) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ हिमशिखर टेलिभिजन ९झापा० लाई प्रदान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको