Like us!
Follow us!
Connect us!
Watch us!
जुत्ता चप्पलमा आकर्षक छुटको ब्यवस्था

फुटवेयर विजनेश एक्स्पो सुरु

शुक्रबार, १५ पुस २०७३, १४ : २७ मा प्रकाशित

फुटवेयर विजनेश एक्स्पो सुरु

अर्थ संसार
काठमाडौं–नेपाली जुत्ता घरको आयोजनामा फुटवेयर विजनेश एक्स्पो २०१७ भृकुटी मण्डपको प्रदर्शनी स्थलमा शुरु भएको छ । मेलाको उद्घाटन मन्त्री गगनकुमार थापाले गरे । त्यस अवसरमा मन्त्री थापाले छालारहित मासु मात्र बिक्रि वितरणमा राख्ने व्यवस्था लागु गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली जुत्ता घरका संयोजक रामकृष्ण प्रसाईले नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धी मूल्यमा बिक्रि बितरण गर्न मेला आयोजना गरिएको बताए ।

मेलामा शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज्लगायतका ब्राण्डका अफिसियल, क्याजुअल, स्पोर्टस, बुट, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै पुरुष, महिलाका स्याण्डलहरु उपलब्ध छन् । एक्स्पोमा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोरभन्दा बढी जुत्ता चप्पल बिक्रि हुने आयोजकको लक्ष छ ।

यो पनि पढ्नुहोस्

मलाई अरू कसैका पतिको आवश्यकता छैन

अपि पावर कम्पनी लिमिटेडले पायो उत्पादन अनुमतिपत्र

कसकसले पाए शिक्षा पत्रकारिता पुरस्कार ?

नेप्सेलाई धितोपत्र बोर्डले असहयोग गरिरहेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको