Like us!
Follow us!
Connect us!
Watch us!

इवीजा फेसन नाइटका लागि १४ मोडल छनोट (फोटोफिचर)

बुधबार, ३० साउन २०७५, १६ : ५३ मा प्रकाशित

इवीजा फेसन नाइटका लागि १४ मोडल छनोट (फोटोफिचर)

 राजधानीमा ‘इवीजा फेसन नाइट २०१८’ हुने 

अर्थ संसार, काठमाडौं – ‘मोडलिङ जगतको सम्मान र नेपाली फेसनको प्रवद्र्धन’ गर्ने उदेश्य सहित राजधानीमा ‘इवीजा फेसन नाइट २०१८’ आयोजना हुने भएको छ ।

८ सेब्टेम्बर अर्थात भदौ २३ गते ‘इवीजा लाउन्ज’ ठमेलमा आयोजना हुने फेसन नाइटमा १४ फिमेल र ४ मेल मोडलले र्याम्प नाप्नेछन् ।

प्रवद्र्धन, ब्याबस्थापन गर्दै फेसन बारे सर्वसाधारणलाई जानकारी दिने उदेश्य फेसन नाइटको रहेको आयोजक इवीजा लाउन्ज प्रोपाइटर राजुु दनईले जानकारी दिए ।

पार्टीवेयर, वेडिङ लगायत थिममा ४ फेसन डिजाइनरले तयार गरेको बिभिन्न आधुनीक पहिरन मोडलले कोरियोग्राफर सृजना रेग्मीको कोरियोग्राफीमा र्याम्पमा प्रस्तुत गर्नेछन् ।

इवीजा फेसन नाइटमा सहभागी हुने मोडल छान्ने उदेश्यले मंगलबार राजधानीमा मोडल सेलेक्सन अडिसन समेत भएको थियो । मोडल अभिनेत्री सृजना रेग्मी, सुपर मोडल सविता कार्की, मोडल मनचिज शाक्य, नेक्स्ट मोडल नेपालका सिइयो रवी धमला लगायत छनौट अडिसनको निर्णायकमा रहेका थिए ।

१४० बढि नयाँ तथा पुराना मोडल सहभागी अडिसन राउन्डबाट फेसन नाइटका लागि १४ महिला मोडल छानिएका छन् । उत्कृष्ट भन्दा पनि उत्कृष्ट मोडल फेसन नाइटका लागि अडिसन मार्फत छानिएको आयोजकको भनाई रहेको छ । 

5b740fff75213.jpg 5b741004ea3d4.jpg 5b74100c08106.jpg 5b741012c436e.jpg 5b74102128be0.jpg 5b7410245cf87.jpg 5b741037596e8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको