Like us!
Follow us!
Connect us!
Watch us!

सामूहिक लगानी योजनाको छुट्टै समूह बनाउन बोर्डको नेप्सेलाई निर्देशन

बुधबार, ३० साउन २०७५, १५ : ०५ मा प्रकाशित

सामूहिक लगानी योजनाको छुट्टै समूह बनाउन बोर्डको नेप्सेलाई निर्देशन


अर्थ संसार, काठमाडौँ - नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी योजनालाई छुट्टै समूह मार्फत कारोबारको व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।

आर्थिक वर्ष २०६९/७० देखि सामूहिक लगानी कोष योजनाको प्रवेश भए सँगै हाल १३ वटा योजना पुगिसकेको छ । सामूहिक लगानी योजनाको विशेष संस्थागत लगानीकर्ताको संलग्नताको अभावमा संस्थागत लगानीकर्ता जस्तै काम गरिरहेका छन् । त्यस्तो योजना व्यवसायिक एवम् दक्ष कोष व्यवस्थापनकद्धारा हुने भएकाले आवश्यकत व्यवस्था मिलउन भनिएको छ ।

वास्तविक कारोबारको जानकारी लिन सरोकारवालाले सामूहिक लगानी योजना समूहलाई समग्र बजार सूचकांक तथा अन्य समूहको सूचांकसँग तुलना गर्न र समग्र बजार प्रवृत्तिलाई उपयुक्त रुपमा विश्लेषण गर्न समेत फरक सूचक जरुरी देखिएको बोर्डको भनाइ छ ।

समग्र सामूहिक लगानी योजनाको सूचकांकको विकास गरी नेप्सेको बेवसाइटमा राख्न बोर्डले भनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको