Like us!
Follow us!
Connect us!
Watch us!

११.०८ प्रतिशतले बढ्यो सोल्टी होटलको नाफा,प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, १५ : १३ मा प्रकाशित

११.०८ प्रतिशतले बढ्यो सोल्टी होटलको नाफा,प्रतिसेयर आम्दानी कति ?

सोल्टी होटल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको नाफमा सुधार देखिएको छ । 

खुद नाफा
सोल्टी होटलले तेस्रो त्रैमाससम्म  ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ११.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कुल आम्दानी 
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । 
अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो । 

कुल खर्च 
तेस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च बढेर १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको थीयो । 

रिटेन्ड अर्निङ
सोही अवधीमा कम्पनीको रिटेन्ड अर्निङको आकार पनि १ अर्ब ३ करोडबाट बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । 

चुक्तापूँजी
तेस्रो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ । 

प्रतिसेयर आम्दानी
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.४४ रुपैयाँ, 

प्रतिसेयर नेटवर्थ 
तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २४.५८ रुपैयाँ पुगेको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको