Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय तथा मर्मतसम्भार खर्च बढ्दा माउन्टेन हाइड्रो नेपालको नाफामा भीषण गिरावट

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, ०८ : ३७ मा प्रकाशित

वित्तीय तथा मर्मतसम्भार खर्च बढ्दा माउन्टेन हाइड्रो नेपालको नाफामा भीषण गिरावट

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय खर्चमा वृद्धि तथा मर्मतसम्भारका लागि ४.२७ करोड खर्च भएपछि हाइड्रो घाटा गएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा भारी गिरावट भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद घाटा चार करोड १३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा १२ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ३४ करोड ६६ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ३६ करोड ५८ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट ८ करोड ३६ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा १४ करोड १२ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा २५ करोड ९८ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ४५.६६ प्रतिशतले घटेको हो ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् ४ करोड ९६ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल १७ करोड ५३ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १३ करोड ९९ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ४ करोड १३ लाख ४६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रति सेयर नेटवर्थ

५६.६७ रुपैयाँ

इपिएस  

(३.३१) रुपैयाँ

पिई रेसियो

० (अन्तिम मूल्य २३३ रुपैयाँ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको