Like us!
Follow us!
Connect us!
Watch us!

आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिनुपर्छ: अर्थमन्त्री पुन

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १२ : ०३ मा प्रकाशित

आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिनुपर्छ: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत हाराहारीमा आर्थिक बृद्धि गर्ने लक्ष्य लिनुपर्ने बताएका छन् । आज आयोजित प्रि बजेटरी छलफलमा भुकम्पपछि पुर्वाधार निर्माणको क्षेत्रमा भएको लगानीका कारण आर्थिक बृद्धि बढि देखिएको र अहिले उक्त केही घटेको बताउँदै आगामी वर्ष सरकारले आर्थिक बृद्धि ७ प्रतिशत पुर्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

अर्थमन्त्री पुनले बजेट निर्माणको लागि धेरै क्षेत्रसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको र अधिकांश क्षेत्रको कुरा सुनिएको बताउँदै अब धेरै क्षेत्रको कुरा सुन्न बाँकी नभएको बताए । अर्थमन्त्री पुनले निजि क्षेत्रकै सुुझाव र सल्लाह लिएर अघि बढ्ने नीति भएकोले कुनै क्षेत्रका व्यवसायीहरुले निर्धक्क भएर उद्योग व्यवसाय अघि बढाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् ।

बजेटमा धेरैथरी सुझावहरु आइरहेको बताउँदै अर्थमन्त्री पुनले एकाथरीले तुरुन्त कर बढाउनु पर्दछ भनेर बहस गरिरहेको र एकाथरीले बजेटमा करको दर घटाउनुपर्दछ भनेर लविङ गर्ने गरेको बताउँदै आफूले बडी ल्याङ्ग्वेजबाट समेत कुनै प्रतिक्रिया नदिएको बताएका छन् । सरकारले आफ्नै रिसर्चबाट काम गरिरहेको बताउँदै बजेट कुनै प्रभावमा परेर गर्दैनौं । हरेक निर्णयमा कारणसहित सुधार गर्ने प्रतिबद्धता जनाएका छन् 

पुनले  वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता कायम गर्ने प्रतिबद्धता जनाएका छन् ।  सरकारले यस वर्ष नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा एकरुपता कायम गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘विगतमा देखियो, नीति तथा कार्यक्रम एकातिर, वित्तीय नीति र मौद्रिक नीतिका बिषयहरु फरक फरक जस्तो देखियो, आपसमा बाझिएको पनि देखियो तर यस पटक एकदमै समन्वय गरेर एकरुपता कायम गर्नेछौं ।’

अर्थमन्त्री पुनले भने, हामीले राष्ट्र बैंकसँग पनि कुराकानी गरिहेका छौं । स्वायत्तता भनेर निजि क्षेत्रको मनोबल गिराउने कार्यलाई सरकारले स्वीकार गर्दैन । हामीले मिलाएर अघि बढाउँदैछौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको