Like us!
Follow us!
Connect us!
Watch us!

माई खोला हाइड्रोको नाफामा गिरावट, इपिएस ९० पैसामा सीमित

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, ०९ : ०१ मा प्रकाशित

माई खोला हाइड्रोको नाफामा गिरावट, इपिएस ९० पैसामा सीमित

माई खोला हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्री तथा गैरसञ्चालन आम्दानी घटेपछि हाइड्रोको नाफामा उल्लेख्य गिरावट भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा गिरावट भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा २६ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा १ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ५ करोड ५१ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ५ करोड ९२ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट १ करोड ७ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा ४ करोड ४४ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ६ करोड १८ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब २८.१८ प्रतिशतले घटेको हो ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् ६९ लाख ७ हजार रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल २ करोड ६६ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २ करोड ५२ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा २६ लाख ६० हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रति सेयर नेटवर्थ

१००.७१ रुपैयाँ

इपिएस

०.९० रुपैयाँ

पिई रेसियो

५०७.४३ (अन्तिम मूल्य ४५९ रुपैयाँ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको