Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ६५ अर्ब निक्षेप,कर्जा प्रवाहमा भने केही गिरावट

अर्थ संसार

बुधबार, २६ बैशाख २०८१, १४ : ०७ मा प्रकाशित

बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ६५ अर्ब निक्षेप,कर्जा प्रवाहमा भने केही गिरावट

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख २२ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ६५ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख २१ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यसरी बैंकिङ प्रणालीको निक्षेप एकै दिन १ अर्ब रुपैयाँले घटेको छ । 

वाणिज्य बैंकहरुको निक्षेप पनि १ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ । वैशाख २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ५३ अर्ब रहेको थियो ।

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ प्रणालीको कुल कर्जा प्रवाह पनि घटेको छ ।

वैशाख २१ गतेसम्म ५१ खर्ब ४ अर्ब रहेको कर्जा प्रवाह १ अर्बले घटेर वैशाख २२ गतेसम्म ५१ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । सीडी रेसियो  ८०.४५ प्रतिशतबाट बढेर ८०.४६ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने स्थिर अर्थात २.४९ प्रतिशत कायम भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको