Like us!
Follow us!
Connect us!
Watch us!

छानबिन समिति गठनमा समर्थन गर्न सक्दैनौं:रास्वपा

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, १२ : ५४ मा प्रकाशित

छानबिन समिति गठनमा समर्थन गर्न सक्दैनौं:रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठनमा समर्थन गर्न नसक्ने बताएको छ  । 

मंगलबार रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो । उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने कुरा ठिक नभएको रास्वपाले जनाएको छ ।

रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने विषय अस्वीकार गर्ने निर्णय उक्त बैठकले गरेको छ  । बैठकले २८ गतेदेखि बस्ने सदनको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको